CINEMANEWS

यसरी बन्यो प्रेमा

सिनेमा संसार संवाददाता
काठमाडौं
आधा दर्जन नेपाली फिल्ममा सह–निर्देशक रहेर काम गरेका निर्देशक गोविन्द सिंह भण्डारीले आफ्नो पूर्ण निर्देशकीय डेब्यू सिनेमा रणवीरबाट राम्रै चर्चा पाए।
भारतको साउथ सनेमामा काम गरिसकेका भण्डारीले साउथको एक्सन फ्लेभरलाई रणवीरमा प्रस्तुत गरेका थिए। अहिले यिनै गोविन्द प्रेमकथाको सनेमा प्रेमा लिएर आगामी चैत १७ बाट दर्शकमाझ आउँदैछन्। सिनेमामा शुभेक्क्षा खड्का, सृष्टि श्रेष्ठ र अरुण क्षेत्रीको प्रमुख भूमिकामा अभिनय छ। फिल्मको तेलुगु, तमिल र हिन्दी भर्सन ओटीटीमा रिलिज हुँदैछ।
पहिलो लेखन प्रेमा
लेखनका हिसाबले प्रेमा भए पनि निर्देशन र रिलिजको हिसाबले रणवीरपछि दोस्रो सिनेमा हुनेछ। ‘प्रेमकथाले दर्शकलाई रोमान्टिक बनाउँछ र यसले मान्छेलाई जोड्ने काम गर्छ। कुनै न कुनै उमेरमा आफूभन्दा विपरित लिगीसँग जोकोही आकर्षित हुने गर्छ’, उनी भन्छन्, ‘मैले प्रेमा र रणवीरको स्क्रिप्ट सँगै लेखेको थिएँ। पहिला प्रेमा बनाउन चाहन्थे, तर समय र परिस्थितिले गर्दा रणवीर बन्यो।’
वास्तवीक व्यक्तिबाट प्रेमाको जन्म
गोविन्दका अनुसार प्रेमा वास्तविक व्यक्तिबाट प्रभावित भएर लेखिएको थियो। गोविन्दले जीवनको कुनै समयमा एक युवती भेटेका थिए, जोबाट प्रभावित भएर उनले प्रेमा लेखे। ‘प्रेमाको वास्तविक चरित्र जुन युवतीमा पाएँ, त्यो चरित्रलाई समातेर अघि बढ्न सक्छु भन्ने लाग्यो। किनकी ऊ साधारण भएर पनि उसमा अरुलाई आफूतिर आकर्षण गर्ने क्षमता छ। मान्छेहरु बढी चमकधमक भएको वस्तुतिर आकर्षित हुन्छन्। तर प्रेमाको चरित्र आफैंमा शान्त सुशील हुँदा पनि उसमा आकर्षक व्यक्तित्व छ’, गोविन्द भन्छन्, ‘त्यो चरित्रलाई लिएर कथा भन्न मन थियो। मान्छेको जीवनमा केही घटना यस्ता हुन्छन्, जुन उसले कहिल्यै बिर्सन सक्दैन। प्रेमाको कथा पनि त्यस्तै घटनाबाट प्रभावित भएर लेखिएको हा ।’
प्रेमाको अर्थ माया
गोविन्दाका अनुसार प्रेमा संस्कृतबाट आएको शब्द भए पनि यसलाई तेलुगूमा बढी प्रयोग गरिन्छ। जसको अर्थ माया हो। नेपाली सिनेमामा जुनसुकै गीतमा माया शब्द जोडिए जस्तै साउथका हरेक सिनेमका गीतमा प्रेमा अनिवार्य जस्तै छ।
प्रेमासँगको भेट
गोविन्दले वास्तविक पात्रलाई नियमित रुपमा त भेटेनन्। तर जति भेट भयो, त्यो पात्रलाई जान्ने र बुझ्ने अवसरले उनलाई कथालाई अगाडि बढाउने बाटो देखाइदियो। ‘आम रुपमा कोही राम्री युवती देख्दा उसलाई जिस्क्याउने अथवा नराम्रो नजरले हेर्ने गरेको देखिन्छ। तर प्रेमाको वास्तविक चरित्रको सवालमा फरक अवस्था थियो। उसलाई कसैले पनि गलत अर्थ र गलत नजरले हेरेको र बोलेको सुनिनँ। सबैले सम्मानपूर्व उनको प्रशंसा गर्थे’, गोविन्दले सम्झिए, ‘त्यो मेरा लागि ‘सरप्राइज’ नै थियो। ’
डोभ एस–सिमेन्सबाट प्रभावित
गोविन्द भारतमा बस्दा उनले हलिउड फिल्म निर्देशक डोभ–एस सिमेन्सको बारेमा सुनेका र पढेका थिए। डोभ चिनियाँ फिल्म एकेडेमीका संस्थापक, हलिउड फिल्म इनिस्टिच्युटका संस्थापक र ग्लोबल फिल्म स्कुलका डिन तथा संस्थापक हुन् । डोभ प्रशिक्षणका लागि नेपाल पनि आइसकेका छन्।
गोविन्दले डोभ एस–सिमेन्सले टु डे फिल्मस् स्कुलमा दिएको प्रशिक्षणको भिडियो कोर्षलाई अनलाइनमा हेरेर फिल्म मेकिङ सम्बन्धी प्रशिक्षण लिएका थिए। ‘सिमेन्सले ‘पहिलो फिल्म गर्दा बजेट सीमित राख्नु, काम यस्तो होस् कि निर्देशकको काम बढी देखियोस्’ भन्नुहुन्थ्यो। गीतलाई कोरियोग्राफी, एक्सनलाई फाइटमास्टर राखिदिँदा निर्देशकको काम के त ? त्यसकारण कथावाचनको शैली राम्रो हुनुपर्छ भन्नुहुन्थ्यो। चरित्र र सिमेन्सको भनाईलाई लिएर प्रेमा लेखेको हुँ’, उनले भने।
सृष्टिबाट प्रभावित
सृष्टिसँग गोविन्दको पहिलो सहकार्य हो। तर उनले सृष्टिका सिनेमा भने हेरेका थिए। सृष्टिसँगको पहिलो सहकार्यबाटै उनी प्रभावित भएका रहेछन्। ‘सृष्टि काममा ध्यान दिने कलाकार हुन्। यो तरिकाले काम गर्ने मान्छेसँग मैले अहिलेसम्म सहकार्य गरेको थिइनँ’, गोविन्द भन्छन्, ‘सृष्टि प्रि–प्रोडक्सनअन्तर्गत वर्कसपमा नोट लिएरै बस्थिन्। म बोलिरहँदा उनी नोट गरिरहेकी हुन्थिन्। उसले के लेखिरहेको छ भन्ने हामीलाई थाहा पनि हुँदैन थियो। उनी समयमै सुटिङ सेटमा आउँथिन्। कतै ढिलो हुने अवस्था भएमा खबर गर्थिन्। उसको सिनेमा हेरिसकेको हुनाले काम गर्न गाह«ो हुँदैन भन्ने अनुभव भयो।’

Related Articles

Check Also
Close
Back to top button