EVENTNEWS

तीज उत्सवमा गौरी मल्ल सम्मानित

सिनेमा संसार संवाददाता
काठमाडौं
सुपरहिट फिल्म कन्यादानको तीजको रहर आयो बरी लै गीतमा अभिनय गरेर तीज पर्वलाई अझ संगीतमय तुल्याउनुका साथै फिल्म क्षेत्रमा तीन दशकदेखि निरन्तर योगदान दिएको भन्दै अभिनेत्री गौरी मल्ललाई सम्मानित गरिएको छ।
नेचर इसेन्स र कलर इसेन्स कस्मेटिक कम्पनीले बुधबार काठमाडौंमा आयोजना गरेको तीज उत्सब २०७६ मा अभिनेत्री मल्ललाई नेचर इसेन्स र कलर इसेन्स चलचित्र योगदान विशेष सम्मान २०७६ बाट सम्मानित गरिएको हो। यस्तै सिमसिमे पानीमासहित सैयौं गीत गाउनसका साथै तीज गीतमार्फत तीज पर्वलाई अझ लोकप्रिय बनाएको भन्दै गायिका रेखा शाहलाई सोही कार्यक्रममा नेचर इसेन्स र कलर इसेन्स गायन योगदान विशेष सम्मान २०७६ बाट सम्मानित गरियो।
नेपालकी प्रथम अभिनेत्री भुवन चन्दले सो समारोहमा अभिनेत्री गौरी मल्ल, गायिका रेशा शाहसहित दुई व्युटिसियनलाई आयोजकका तर्फबाट सम्मानित गरियो। दुई दशक भन्दा लामो समयदेखि ब्युटी क्षेत्रमा लागेर हजारौंलाई योगदान दिएको भन्दै रबिना व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष शुलोचन श्रेष्ठ र आईटिसी (स्कुल अफ ब्युटिसियन)की अध्यक्ष रस्का बैद्य श्रेष्ठलाई नेचर इसेन्स र कलर इसेन्स ब्युटिसियन योगदान विशेष सम्मान २०७६ बाट सम्मानित गरिएको हो।
सोही समारोहमा ब्युटिसियनहरु शान्ति श्रेष्ठ, पुनम शाह, मिरा बस्नेत, अमृता विश्वकर्मा र गीता गुरुङलाई वर्षको उत्कृष्ट व्युटिसियन अवार्ड, सुमन गौतम, हरि भेटवाल र अजय मानपतिलाई वर्ष उत्कृष्ट नेचर इसेन्स, कलर इसेन्ट वितरक अवार्ड तथा सुदर्शन केसी, विदुर आचार्य र सागर जिसी वर्षको उत्कृष्ट बिक्रेता अवार्ड प्रदान गरियो।
समारोहमा करिब पाँच सय व्युटिसियनहरुले हास्य कलाकारहरु पल्पसा डँगोल (चम्सुरी), दमन रुपाखेती र दिनेश काफ्लले विभिन्न प्रहसन मार्फत मनोरञ्जन दिएका थिए । गायिका मिना निरौलाले ठमेल बजार, काले दाई, रुपै मोहनीसहित आफ्ना आधा दर्जन गीत गाएर सबैलाई नचाईन् । उनको गीतमा पटक पाटक वान्स मोर भन्दै दर्शक नाचिरहे। मिसेस नेपाल ग्रान्ड २०१९ की बिजेता सृजना श्रेष्ठ, व्युटिसियन शान्ता मगर सहितको नृत्य पनि आकर्षक थियो।
महिलाहरु शुभकामना आदन प्रदानका लागि तिज उत्सब आयोजना गरिएको कलर इसेन्सका कन्ट्रि निर्देशक रमेश उप्रेतीले बताए। यो कार्यक्रम एमएमके इन्टरप्राईजेजका सञ्चालक विश्व केसीको सभापतित्वमा सम्पन्न भएको हो। करिब ६ घन्टा चलेको सो तिज उत्सब, सम्मान तथा दर कार्यक्रममा नेचर इसेन्सकी नेस्नल टेक्निसियन एकता कुमारीले गोल्ड फेसियलको प्रशिक्षण दिईन्।

Related Articles

Check Also
Close
Back to top button