CINEMANEWS

लभ स्टेशनको कलेक्सन २ करोड

सिनेमा संसार संवाददाता
काठमाडौं
रिलीजमा रहेको सिनेमा लभ स्टेशनले तीन दिनमा करिब दुई करोडको ग्रस व्यापार गरेको छ। यो सिनेमा शुक्रबारबाट देशभरका १ सय ४ पर्दामा एकसाथ प्रदर्शनमा आएको हो।
लभ स्टेशनका प्रस्तुतकर्ता गोविन्द शाहीले बक्स अफिसबारे भने,‘हाम्रो सिनेमाले पहिलो दिन शुक्रबार मात्रै ५६ लाखको कारोबार गरेको थियो भने शनिबार करिब १ करोड छ। आईतबारसम्मको व्यापार हेर्दा लभ स्टेशनले लभगभ २ करोडको व्यापार गरेको छ।’ लभ स्टेशनको आईतबारको व्यापार पनि आक्रमक रहेको, गोपि, गुण, अष्ट जस्ता हलमा आईतबार पनि एकै शोमा दुई ओटा हल भरिएको उनले बताए।
उज्वल घिमिरेद्वारा निर्देशित सिनेमामा प्रदीप खड्का, जसिता गुरुङ, रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवि डंगोल, दिनेश काफ्ले, कालु राना, रश्मि पाण्डेलगायतका कलाकारको अभिनय रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button