CINEMANEWS

राम नाम सत्यबारे दिव्या भन्छिन् दर्शकले मज्जा पाउँछन्‌

सिनेमा संसार
काठमाडौं
नयाँ वर्षको छेको पारेर यही चैत्र २७ गते रिलीज हुने सिनेमा राम नाम सत्य सोलो रिलिजका कारण थप चर्चामा आएको छ। सोही मितिमा रिलिज हुने भनिएका अन्य नेपाली सिनेमा पछि सरेपछि माइकल चन्दद्वारा निर्देशित यो सिनेमाले एकल प्रदर्शनको अवसर पाएको हो।
सिनेमामा विराज भट्ट, सुशील श्रेष्ठ, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, खुशी कार्की, सुनिल थापा, प्रशान्त ताम्राकार, दिनेश डीसीलगायतको अभिनय रहेको छ।
सिनेमाकी नायिका दिव्या रायमाझीले यस प्रोजेक्टप्रति आफू निकै उत्साहित रहेको बताएकी छन्। उनका अनुसार यो सिनेमा उनका अघिल्ला कामभन्दा फरक छ र यसमा उनले आफ्नो अभिनय क्षमता देखाउने पर्याप्त अवसर पाएकी छन्। दिव्या सिनेमामा आधुनिक राजकुमारीको भूमिकामा देखिँदैछिन्। उनी भन्छिन्, सिनेमामा एक्सन मात्रै होइन, इमोशन, सस्पेन्स र प्रेमको सन्तुलित मिश्रण छ। उनले सिनेमा अत्यन्त राम्रो बनेको दाबी गर्दै दर्शकले हलसम्म पुगेर हेर्दा भरपुर मनोरञ्जन पाउने विश्वास व्यक्त गरिन्। सिनेमामा उनी सुशील श्रेष्ठसँग जोडीका रूपमा देखिएकी छन् र उनीसँग काम गर्न सहज भएको पनि उनले बताइन्।
माइकल चन्दकै पटकथा तथा संवाद रहेको सिनेमामा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी रहेको छ।

Related Articles

Back to top button