MUSICNEWS

तारा अधिकारीको शब्द रचनामा लेखान्त सार्वजनिक

सिनेमा संसार
काठमाडौं

कुशल गीतकार तारा अधिकारीको शब्द रचनामा लेखान्त बोलको गीत हालै सार्वजनिक गरिएको छ।
गायक प्रोसेस पाण्डे र गायिका समीक्षा अधिकारीको स्वर रहेको गीतमा वसन्त सापकोटाको संगीत र पुष्कर सुनुवारको एरेन्जमेन्ट रहेको छ। सो सुमधुर गीतको भिडियोमा गीतकार ताराकै निर्देशन र निर्माण रहेको छ। संवादसँगै अगाडि बढ्ने म्युजिक भिडियो कल्पना नै नगरेको लेखान्त भन्ने शब्द स्क्रिनमा देखिएसंगै शुरू हुन्छ।

भिडियो रहस्यमयी ढंगबाट शुरू हुन्छ। म्युजिक भिडियोमा एक युवक विवाहका लागि केटी हेर्न जान्छन्। कुराकानी हुँदै जाँदा उनले आफ्नी पूर्व प्रेमिकालाई देख्छन्। जो सो घरकी बुहारी हुन्छिन् र हाल विधवा छिन्। उनी अझै पनि उनलाई स्विकार्न तयार भएको बताउँछन्। म्युजिक भिडियो हेर्दै जाँदा यसले दर्शकको मनमा अब के होला भन्ने कौतुहलता जगाउँछ। अन्ततः सो घरका ससुराले एक बच्चाकी आमा समेत रहेकी आफ्नी विधवा बुहारीको विवाह गरेर पठाउँछन्।सन्देशमूलक सो म्युजिक भिडियोमा एलियास शैख, अनिशा अधिकारी, अनुजा अधिकारी, आरजे सिंह, भगवान भण्डारी, सुरज त्रिखत्री र बाल कलाकार रियान्सी थापाले अभिनय गरेका छन्। भिडियोको अन्त्यमा गीतकार अधिकारीलाई समेत प्रस्तुत गरिएको छ। मोहन पराजुलीको छायाकंन र नरोत्तम पाण्डेको सम्पादन रहेको म्युजिक भिडियो गीतकार अधिकारीको सुनौलो तारा मोसन पिक्चर्स युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

Related Articles

Check Also
Close
Back to top button