CINEMANEWS

रोमियो एण्ड मुनामा राक्षसी रुप

सिनेमा संसार संवाददाता
काठमाडौं
आगामी साउन ११ गते अल नेपाल रिलीज हुने सिनेमा रोमियो एण्ड मुनाको मोन्सटर पोस्टर रिलिज गरिएको छ। विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ लिड रोलमा रहेको सिनेमाको बक्सवालापछि राक्षसी रुपवको पोस्टर सार्वजनिक गरिएको हो।
आफु भित्रको दमनलाई चिन्नुस् भन्ने ट्यागलाइन सहित सार्वजनिक पोस्टर कम्युटर ग्राफिक्सबाट तयार गरिएको छ। ‘सिनेमामा मोन्सटरलाई पनि एक पात्रको रुपमा देख्न सकिनेछ’ निर्देशक नरेशकुमार केसी भन्छन्, ‘राक्षस पात्रलाई एउटा बिम्वको रुपमा प्रयोग गरेका छौं।’
निर्देशक केसीकै लेखन रहेको सिनेमा रोमियो एण्ड मुनमा विनय र सृष्टिसाथमा सुष्मा कार्की, सुरक्षा भट्टराई, प्रज्जवल सुजल गिरीले अभिनय गरेका छन्।
भि मोसन पिक्चर्स, पिएमजी पिक्चर्स र केएस प्रोडक्सनको प्रस्तुति रहेको रोमियो एण्ड मुनालाई विनय, प्रशन्न गोपाली, राम शर्मा र कविन शाक्यले मिलेर निर्माण गरेका हुन्। डाइङ क्यान्डलबाट प्रशंसा पाएका निर्देशक केसीको रोमियो एण्ड मुना दोश्रो निर्देशकिय सिनेमा हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button