CINEMANEWS

को होला गणपति!

सिनेमा संसार संवाददाता
काठमाडौं
आगामी २०८० सालको जेठ ५ गतेलाई रिलिज मिति तोक्दै सिनेमा गणपतिको पोस्टर सार्वजनिक गरिएको छ।
आस्थाको रुपमा रहेका भगवान र भौतिक रुपमै पृथ्वीमा उपस्थित मानिसबीचको फरक देखाउने सिनेमाको पोस्टरमा प्रमूख कलाकारद्वय मुकुन भुषाल र मेनुका प्रधान समावेश छन् भने गणेशको अनुहार झल्किने मुकुण्डो लगाएको व्यक्तिलाई अगाडी राखिएको छ। ती व्यक्ति को होला भन्ने कौतुहता पोष्टरले जगाएको छ।
सिनेमाका निर्देशक सबिन अधिकारीले गणपतिले नेपाली समाजको चरित्र चित्रण गर्ने बताए।
सिनेमामा निर्देशनसँगै लेखन पनि सबिन अधिकारीको नै रहेको छ। मुकुन र मेनुकाको साथमा कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, शुशील पोखरेललगायतको अभिनय रहेको छ।
सिनेमामा अभिनेता भुषाल टाइटल क्यारेटरमा छन्। गणपतिमा आफूलाई दर्शकले अहिलेसम्मकै भिन्न भूमिकामा देख्न पाउने भुषालको भनाई छ। सिनेमाको सम्पूर्ण छायांकन तनहुँको बन्दीपुर गाउँपालिका थारुवासमा भएको हो। एबिगम्यान फिल्म्स्को ब्यानरमा लक्ष्मण थापाले निर्माण गरेको सिनेमामा हरिबहादुर घलेको छायांकन रहेको छ। गीतमा अनिस अधिकारीले शब्द तथा संगीत दिएका छन् भने अनिस अधिकारी र देवेन्द्र बब्लुले स्वर दिएका छन्।

Related Articles

Check Also
Close
Back to top button