CINEMANEWS

गणपतिको आमा गीत

सिनेमा संसार संवाददाता
काठमाडौं
आगामी जेठ ५ गते रिलिज हुने सिनेमा गणपति निर्माण समूहले आमाको मुख हेर्ने दिनको पूर्वसन्ध्या पारेर बुधबार आमासम्बन्धी गीत सार्वजनिक गरेको छ।
ए मेरी आमा बोलको यो गीत छोटो भर्सनमा संवादसहित रिलिज गरिएको हो। प्रमुख अभिनेता मुकुन भुषाल र उनकी आमाको चरित्र सुर्यमाला खनालको कथा बोल्ने यो गीतलाई सिनेमामा नै पुरा हेर्न सकिने बताईएको छ । यस गीतमा निर्देशक सविन अधिकारीले नै शब्द तथा संगीत रचना गरेका छन् भने प्रविन भेडुवालको स्वर रहेको छ ।
सिनेमामा मुकुन र मेनुका प्रधानको साथमा कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, शुशील पोखरेल लगायतको अभिनय रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button