CINEMANEWS

गोपी टिमसँग कृषि मन्त्रीको भलाकुसारी

सिनेमा संसार संववादाता
काठमाडौं
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले फिल्म ‘गोपी’ को टिमसँग भेट्दै फिल्मप्रति आफ्नो ऐक्यवद्धता जनाएको भोलिपल्ट कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले फिल्म गोपीका कलाकार तथा निर्माता निर्देशकसँग भेट गरेर फिल्मप्रति ऐक्वद्धता जनाएका छन्। दर्जनौं गीत तथा नाटकका कलाकारचक्रपाणि खनालले आफू पनि कला पारखी भएको जनाउँदै फिल्मले सान्दर्भिक विषय उठाएको भन्दै फिल्म निर्माण टिमलाई सफलताको शुभकामना दिए। ‘म नेपाली फिल्मको नियमित दर्शक हुँ। हलमा बारम्बार जान नभ्याए पनि युट्युबमा नेपाली फिल्म हेर्ने गर्छु। धेरै फिल्ममा कलाकारको अभिनय यथार्थपरक नभएको पाएको छु, उनले भने, ‘तर गोपीमा विषय र कलाकार दुवैको अभिनय उत्कृष्ट रहेको अनुमान गरँे। यस्ता फिल्म ज्यादाभन्दा ज्यादा बन्नुपर्छ भन्ने मेरो मान्यता छ।’ उनले मन्त्रालयले बनाउनु पर्ने विषयमा गोपी बनेकाले मन्त्रालय फिल्मसँग सहकार्य गर्न तयार रहेको पनि बता । ‘नीति नियम के छन् त्यो हेरेर तपाईंहरुलाई खबर गरुँला। तर, फिल्मप्रति मन्त्रालय सकारात्मक भएको जानकारी गराउँछु,’ मन्त्री खनालले भने।
निर्देशक दीपेन्द्र लामाले फिल्मले श्रमको सम्मानमा जोड दिएको बताए। ‘कृषिमा भविष्य छैन भनेर लाखौं युवा विदेशमा गएर त्यही काम गरिरहनु भएको छ। त्यतिको मेहनत यहीँ गर्ने हो भने यहाँ पनि कम आम्दानी छैन है भन्ने सन्देश फिल्मले दिन खोजेको छ,’ लामाले भने, ‘फिल्म हेर्दा पशुपालन गरिरहेका लाखौं मानिसले आफ्नै कथा हेरेको महसुस गर्नुहुन्छ।’
कृषि मन्त्रीको निमन्त्रणमा फिल्म गोपीको तर्फबाट कलाकारहरू बिपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, लेखक सामीप्यराज तिमल्सेना र कार्यकारी निर्माता श्रीधर पौडेल सहभागी थिए। अभिनेत्री सुरक्षा पन्तले मौलिक फिल्ममा सरकारको चासो गाढा हुनु पर्नेमा जोड दिएकी थिइन् भने अभिनेता बिपिन कार्कीले गोपीजस्ता मौलिक फिल्ममा सरकारको सहयोगले थुपै्र मौलिक फिल्म बन्ने वातावरण सिर्जना हुनेमा जोड दिएका थिए।
प्रकाश घिमिरे, भोला सापकोटा, अंकित खड्का आदि कलाकारको अभिनय रहेको फिल्म माघ १८ बाट देशभर प्रदर्शन हुँदैछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button