CINEMANEWS

दाङबाट सिन्दूरको छायांकन सुरु

सिनेमा संसार
काठमाडौं
एक महिलाका लागि सिन्दूरको महत्व र त्यससँग जोडिएको सामाजिक कथालाई पर्दामा प्रस्तुत गर्न लागिएको नयाँ सिनेमा सिन्दूरको छायांकन सुरु भएको छ। कस्तुरी प्रोडक्सन प्रालिको प्रस्तुति तथा क्लासिक सिने यूनिभर्स प्रा.लिको सहकार्यमा निर्माण हुन लागेको सिनेमाको छायांकन पश्चिम नेपालको दाङ जिल्लाबाट सुरु गरिएको हो।
लक्ष्मण सुनारको लेखन तथा निर्देशनमा तयार हुन लागेको सिन्दूरमा सञ्जीव सार्कीको लगानी रहनेछ। सुनारले यसअघि निर्देशन गरेका बुलाकी र परालको आगो चर्चामा आएका सिनेमा हुन्। दिनेश सिंह महरा कार्यकारी निर्माता रहेको सिनेमाको निर्माण प्रमुखमा प्रकाश हमाल छन्।
सिन्दूरमा पुष्प खड्का र प्रशंसा रायमाझीको जोडी मुख्य भूमिकामा देखिनेछ। एक महिनाको सेड्युल तय गरेर छायांकन थालिएको निर्माण पक्षले जनाएको छ। सामाजिक कथावस्तुमा आधारित सिनेमाले महिलाको जीवनमा सिन्दूरको महत्व कति गहिरो हुन्छ भन्ने विषयलाई कथाको केन्द्रमा राखेको छ।
संकल्प भुजेलले छायांकन गर्ने सिनेमामा प्रशान्त सिवाकोटी, श्रीकृष्ण बम मल्ल र दिनेश ढकालको संगीत रहनेछ। करण बहादुर साउद मुख्य सहायक निर्देशक तथा रामजी लामिछाने नृत्य निर्देशकका रूपमा छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button