MUSICNEWS

दुबईमा प्राश्नाको सांगितिक प्रस्तुति

सिनेमा संसार संवाददाता
गायिका प्राश्ना शाक्यले हालै मात्र आफ्नो शब्द संगीत र आफ्नो साथ गायक निणर्य श्रेष्ठको स्वरमा आज मेरो मनमा बोलको गीत बजारमा ल्याईन्। आवाज देऊ, हाम्रो गाउले जीवन जस्ता चर्चित गीतकी गायिका आफ्नो नया गीत बजारमा ल्याए लगत्तै दुवाईमा हालै आयोजित एभरेष्ट साँझ २०२४ मा गुञ्जिईन्।कार्यक्रममा प्राश्नाले हाम्रो गाउ“ले जीवन, बादल वर्षा बिजुली जस्ता गीतले दर्शकको तालीको वर्षा गराईन्। कार्यक्रममा गायक यम बराल, सुनिता थेगिम लगायतले मार्फत नेपाली गीत संगीत पस्किएर दर्शकलाई मनोरञ्जन प्रदान गरे। यम बरालले बादलुको घुम्टोले लगायत आफ्ना लोकप्रिय गीत प्रस्तुत गर्दा गायिका सुनीता थेगिमले कालो केशमा रेलीमै, लगायत पुर्वेली भाका मार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरिन भने लोकगायक खेम सेन्चुरीले नेपाली लोकभाकामा दर्शक नचाए।एभरेष्ट र साथीभाई इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा भएको एभरेष्ट साँझमा स्थानीय कलाकारले समेत प्रस्तुती दिएका थिए ।युएईमा कृयाशील विभिन्न सामाजीक संस्थाका प्रतिनिधी, एनआरएन राजनीतिक दलका प्रतिनिधी लगायत समाजसेवीकोको सहभागीता रहेको एभेरेष्ट १०० ग्रु्पका संचालक तथा एनआरएन अभियान्ता पासाङ शेर्पाको प्रमुख आतिथ्यता, संचारकर्मी सुरेन्द्र परीयारको सन्चालन तथा इस्वर श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सो सांगितीक सा“झ सम्पन्न भएको थियो।आगामी आइतबार आबुधावीमा आफू र यम बरालको साथमा गायकहरु सञ्जय श्रेष्ठ, रोज मान मर्हजन लगायतको सागितीक प्रस्तुति रहने प्राश्नाले बताईन्।

Related Articles

Check Also
Close
Back to top button