NEWS

महेन्द्र राजा सिकारमा निस्किँदा अनिवार्यरुपमा यो भिमबहादुर साथमा हुनुपथ्र्यो

म १९८३ साल असार १३ गते सगरमाथा अञ्चल खोटाङ जिल्लामा जन्मेको मान्छे। पछि ब्रिटीश आर्मीमा भर्ना भएर सन् १९३९ देखि १९४५ सालसम्म दोस्रो विश्वयुद्ध लडँे। ५÷६ वर्षसम्म लडार्इं लड्दा थकित त हुने नै भईयो। अनि हातमा घडी भयो, रेडीयो पनि भयो, लाहुरे भएर घर आईयो। त्यस बेला नेपालमा राणाहरुको शाषन थियो। जुद्धशमशेर प्रधानमन्त्री थिए। उनले कुनै पनि हाम्रा नेपाली ब्रिटीश आर्मीमा गएर विश्वयुद्ध लडेका छन् भनेदेखी र यहाँ आएर जागीर खान चाहन्छन् भनेदेखी म कदर गर्नेछु भनेर समाचार फुके । त्यसपछि वि.सं. २००२ मा नेपाली पल्टनमा भर्ना भईयो। लेसनायक, नायक, हवल्दार जमदार, सुविदार हुँदै मेजरमा आएर रीटायर भईयो।
दोस्रो विश्वयुद्धमा ब्रिटीश आर्मीमा हुँदा सँधै लडाई गर्नु नपर्ने। साथीभाई जम्मा भएर नाचगान रमाईलो गरिन्थ्यो। म हसाउँथे। पछि नेपाल आएर राणा शाषन कालमा राणाहरुको जन्मोत्सव, राणाका छोराछोरीहरुको विवाहमा विभिन्न कार्यक्रम गर्नुपथ्र्यो। म पनि त्यसमा भाग लिएर हसाउँथे। आर्मीमा दशैँको फुलपातीको दिन र नयाँ वर्षको दिन राजाहरुलाई नाचगान देखाउनु पर्ने, त्यसमा प्रहशन देखाईन्थ्यो, हसाईन्थ्यो। २००७ सालमा राजा त्रिभुवन दिल्ली पुगेर फर्किएपछि आर्मीहरुबाट कार्यक्रम गर्ने भईयो। त्यसमा मैले पनि एउटा प्रहसन देखाई हसाउँदा राजा त्रिभुवन खुशी भएर ५ सय रुपैयाँ पुरस्कार थियो। राजा महेन्द्रलाई हँसाएर खुशी पार्दा उहाँले गोर्खा दक्षीणबाहु तक्माले सम्मान गर्नुभएको थियो। त्यस्तै राजा विरेन्द्रलाई खुशी पार्दा त्रिशक्तीट्ट तक्माबाट सम्मान पाईयो। म राजदरवारभित्रको हास्य कलाकार हँु। दरवारभित्र गएर धेरै हँसाएको छु।
राजाहरुलाई हँसाउन सजिलो के थियो भने दरवारियाभन्दा बाहिरको कुरा उहाँहरुलाई थाहा हुँदैनथ्यो। पहाडतिरका कुरा त्यति थाहा हँुदैनथ्यो। धामी यसरी बस्छ, झाँक्री यसरी बस्छ। माझीले पितृ यसरी खेलाउँछ भनी आफैँले देखाउँदा राजाहरु हाँस्थे। महेन्द्र राजा सिकारमा निस्किँदा अनिवार्यरुपमा यो भिमबहादुर साथमा हुनुपथ्र्यो। सिकार गरी धुनि बालेपछि मैले त्यहा हँसाउनुपथ्र्यो। आर्मीमा हुँदा मेरो साथी हेमजंग पाण्डे थियो। हामी दुई थापा र पाण्डे जोडी थियाँै।
अहिले र त्यो बेला हँसाउने तरिका धेरै फरक छ। हाम्रो पालामा एउटा खुट्टा उचालेर हे हे भन्दा पनि मान्छे हाँस्थे। कुकुरको पुच्छर बांगो देखेर पनि मान्छे हाँस्थे भन्ने चलन छ । गालामा टाटाटुटी बनाएर निस्किँदा पनि मान्छे हाँस्थे। भुँडीमा भकुण्डो हालेर उफ्रिँदा पनि मान्छे हास्थे। हाम्रो जमानामा धेरै अनपढ थिए। मान्छे हँसाउन धेरै सजिलो थियो । तर अहिले यस्ता कुरा कसैले मन पराउँदैनन्। विश्व एक जस्तै भईसकेको छ। विश्वमा के भईरहेको छ यहाँ बसीबसी एकै छिनमा थाहा हुन्छ। अहिलेका मान्छे सबै शिक्षित छन्। अहिले हँसाउन धेरै नै गाह«ो छ। अहिले हसाउने त महान हास्य कलाकार हुन्।
थापा र पाण्डेको हाम्रो जोडी थियो। हामी दुवै आर्मी भएकोले क्याम्पभित्रै विभिन्न कार्यक्रम गरी हँसाउथ्यौँ। म हास्यव्यग्य बनाउने पनि गथँर्,े तर हेमजंग पाण्डे मसँग अभिनय मात्र गथ्र्यो। हामी क्याम्पभित्र हुने विभिन्न कार्यक्रममा जोडी भई खुब हँसाउने गथ्र्यौँ। फाट्टफुट्ट रुपमा क्याम्प बाहिर गएर पनि हँसाउथ्यौँ। पाण्डेको आर्मी क्याम्पतिर मात्र साथ थियो, दरवार भित्र थिएन।
मैले रेडीयो नेपालको स्थापना भएपछि वि.सं. २००८ सालदेखी २०४५ सालसम्म सैनिक भन्ने हास्य कार्यक्रम चलाएँ। पछि नेपालमा सिनेमा बन्न थालेदेखी नै सिनेमामा खेल्न थालेँ। आजका दिनसम्म ६७ ओटा फिल्म १ सय ३५ ओटा जति टेलिफिल्म र ६५ को हाराहारीमा विज्ञापनमा पनि अभिनय गरिसकेको छु।


२०७० सालमा जीवनराज दाहालद्धारा लिखित तथा प्रकाशित नेपालका चर्चित हास्यकलाकारहरु पुस्तकबाट। अभिनेता भीमबहादुर थापाको ९२ वर्षको उमेरमा गत बुधबार बिहान २ बजे निधन भएको थियो।

Related Articles

Back to top button