NEWS

बोर्डमा हाजिर भए भट्टराई

सिनेमा संसार संवाददाता
काठमाडौं
चलचित्र विकास बोर्डका नव नियुक्त अध्यक्ष केशव भट्टराईले सोमबार पदभार ग्रहण गरेका छन्।
स्वागतमा बोर्डमा आयोजना गरिएको कार्यक्रममा उनले नेपाली सिनेमाको हितको लागि आफु डटेर लाग्ने प्रतिवद्वता व्यक्त गरे। ‘म नेपाली सिनेमाको हित हुने कार्य गर्न पछि पर्दिन र डटेर लाग्छु’ भट्टराईको भनाई थियो ‘मेरा प्रतिबद्धता बुँदागत रुपमै केहि दिनमै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्नेछु।’
‘राष्ट्रिय फिल्म अवार्ड, राष्ट्रिय चलचित्र नीति र बक्स अफिसलाई यथासिघ्र कार्यन्वयन गराउँन लाग्नेछु’ भट्टराईले गत दुइ वर्षयता हुन् नसकेको राष्ट्रिय फिल्म अवार्ड यसै वर्ष सम्पन्न गर्ने समेत प्रतिवद्धता व्यक्त गरे। उनले आफुलाई अतिथिको रुपमा कमै बोलाउन समेत आग्रह गरे। ‘विशेष गरि अफिस टाइममा म मेरो सम्पूर्ण समय बोर्डलाई नै दिन चाहन्छु’ उनको भनाई थियो ‘अफिस बाहेकको समयमा मात्र फिल्मी कार्यक्रममा सहभागी हुनेछु।’
भट्टराईले नेपाल विद्युत प्राधिकरणको जागिर तथा नेपाल चलचित्र निर्माता संघको वरिष्ट उपाध्यक्ष पदबाट राजिनामा दिई बोर्ड अध्यक्षको पदभार ग्रहण गरेका हुन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button