CINEMAEVENTNEWS

ट्रेलरमा आयो हजार जुनीसम्म

सिनेमा संसार संवाददाता
काठमाडौं
अगामी साउन ३० गते अल नेपाल रिलीज हुने सिनेमा हजार जुनीसम्मको ट्रेलर सार्वजनिक गरिएको छ। शुक्रवार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै सार्वजनिक गरिएको ट्रेलरमा फिल्मको कथासार देखाइएको छ।
सार्वजनिक ट्रेलरमा फिल्मका अधिकाँस कलाकार फिचर्ड छन् । आर्यन सिग्देललाई ट्रेलरमा दुइ गेटअपमा देख्न सकिन्छ भने उनले हजार जुनीसम्म पनि आफ्नो प्रेमलाई पर्खिएको विषयमा फिल्म केन्द्रित छ। ट्रेलरमा स्वस्तिमा खड्का, सलोन बस्नेत, संचिता लुइँटेल, शिवहरी पौडेल, अखिलेस प्रधान र अनुभव रेग्मी पनि फिचर्ड छन्। नाई नभन्नु ल सिरिजका निर्देशक बिकासराज आचार्यको निर्देशनमा तयार फिल्मलाई प्रेम कथामा आधारित फ्यामिली ड्रामा भनिएको छ। निर्देशक आचार्यले फिल्मको पटकथा सामिप्यराज तिमल्सेनासंगको सहकार्यमा तयार पारेका हुन्। कार्यक्रममा सम्पूर्ण कलाकार उपस्थित भएता पनि निर्देशक आचार्य भने उपस्थित थिएनन्।
पछिल्लो समय अस्वस्थ भएपछि चिकित्सकको सल्लाहअनुसार उनि भिडभाडमा नदेखिएका हुन्। उनको प्रतिनिधित्व गर्दै पटकथाकार सामिप्यले यो पूर्ण रुपमा फ्याम्ली ड्रामा भएको बताए। ‘हामीले स्टारडमको आधारमा भन्दा पनि कथानुसार फिल्मको लागि कास्ट गरेका छौ’ उनले भने। उनका अनुसार फिल्म पूर्ण रुपमा पारिवारिक छ र यसले हाम्रै वरपरको कथालाई वाचन गरेको छ। अभिनेता आर्यनले यसले नेपालको सुन्दरतालाई पनि समेटेको बताए। ‘हामीले पोखराबाट सुरु गरेको छायाँकन सिक्किमसम्म पुगेको छ। त्यसैले यसले हाम्रो सुन्दरतालाई समेटेको छ’ उनले भने ‘यो फिल्मको रोल मैले गरिरहेको जस्तै भए पनि प्रस्तुतिका हिसाबले फरक छ।’ उनले आफु भन्दा २० वर्ष बढी उमेर देखिँदा केहि कठिनाइ भएको बताए। अभिनेत्री स्वस्तिमा खड्काले पनि फिल्मले दर्शकको मन छुने बताइन्। यसैगरी सलोनले आर्यनको अभिनयले आफुलाई ज्यादै नै प्रभावित बनाएको बताए यसै फिल्म मार्फत डेब्यु गर्न लागेका नव कलाकार अखिलेसले आफुले सक्दो मेहनत गरेको प्रस्ट्याए। चाइल्ड स्टार अनुभवले नाई नभन्नु ल सिरिज भन्दा बाहिर रहेर काम गर्दा छुटै अनुभव भएको बताए। ‘यसले माया प्राप्तिको कथालाई देखाउँछ’ उनले भने । ट्रेलर रिलिजमा कार्यकारी निर्मात्री कविता रेग्मीले फिल्म विना सम्झौता तयार परिएको बताइन्। फिल्ममा कविराज गहतराजको नृत्य, उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ।

Related Articles

Check Also
Close
Back to top button