CINEMAMUSICNEWS

जारीको पहिलो गीत सार्वजनिक

सिनेमा संसार संवाददाता
कवि तथा लेखक उपेन्द्र सुब्बा निर्देशित सिनेमा जारीको पहिलो गीत रिलिज भएको छ। शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक ट्रेलरबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको निर्माण पक्षले शनिबार नै पहिलो गीत सार्वजनिक गरेको हो।
चरी बस्यो बोलको लिरिकल गीतमा काली प्रसाद बास्कोटाको शब्द रचना, संगीत तथा स्वर रहेको छ। जारीको सार्वजनिक गीतकोे लिरिकल भिडियोमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरबीचको नोक झोकलाई प्रस्तुत गरिएको छ। आगामी बैशाख १ गतेबाट प्रदर्शनमा आउने सिनेमाको गीतले दर्शकको मन जित्ने देखिन्छ।
जारी प्रथामा आधारित रहेको सिनेमामा लिम्बु संस्कृति र भेषभुषा पनि झल्किन्छ। ब्लकबस्टर सिनेमा कबड्डी ४ पछि दयाहाङ र मिरुनाले जारीमा सहकार्य गरेका हुन्। सिनेमामा रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनील सुब्बा, पुष्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङ, सीताकुमारी तुम्बापो, पन्थक ठुले लगायतका कलाकारको अभिनय छ ।
सिनेमामा उपेन्द्र सुब्बाको लेखन तथा सुरेश नियोङ लिम्बुको कन्सेप्टमा निर्माण भएको सिनेमामा झुमा लिम्बु र गंगा थापाको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ। सिनेमाका निर्माता सफल निर्देशक रामबाबु गुरुङ हुन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button