CINEMANEWSPROMO

ट्रेलरमा सलिनमानको यात्रा

सिनेमा संसार संवाददाता
काठमाडौं
राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै यात्रा : अ म्युजिकलभ्लगको ट्रेलर सार्वजनिक गरिएको छ। सार्वजनिक ट्रेलरमार्फत चर्चामा रहेको सिनेमामा डेब्यु सिनेमार्फत नै एक किसिमको फ्यान फ्लोअर्स बनाइसकेका सलिनमान बनियाँको अभिनय रहेको छ। यात्रामै आधारित विषयवस्तुमा आधारित सिनेमामा उनी भ्ल्गीस्टको भूमिकामा छन्।
सम्राट शाक्यको डेब्यु निर्देशन रहेको सिनमोमा सलिनसँगै, सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य , राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेशजंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय रहेको छ। यसै सिनेमामार्फत मल्लिका महतले डेब्यु पाएकी छिन् भने यसमा विदेशीकलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहेको छ। सिनेमामा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन्।
कोटकी कालिका देवी फिल्म्स् प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्मित सिनेमामा अभिनेता केशव भट्टराईसँगै चिजकुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेका छन्। सिनेमामा बिक्रम पराजुली, मुक्ति तिम्सिना र रामशरण घिमिरे सह निर्माता रहेका छन्।
सिनेमाका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन्। सिनेमामा कथा पनि सम्राटकै रहेको छ भने यसलाई उनीसँगै सुरेश न्यौपाने, प्रतिक पौडेल र शिशिर खातीले मिलेर लेखेका हुन्। सिनमो प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द, बनिश शाहको सम्पादन, शम्भुजितबास्कोटा, प्रतिकपौडेल र कोविद बज्रको संगीत रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button