CINEMANEWS

परी बन्दै

सिनेमा संसार संवाददाता
काठमाडौं
नेपाली सिनेमा परी उड्न देऊको निर्माण घोषणा गरिएको छ। सिनेमाको सोमबार काठमाडौमा एक कार्यक्रम आयोजना गरी निर्माण घोषणा गरिएको हो। यो सिनेमालाई म्युजिक भिडियो निर्देशन र सम्पादनमा चिनिएको नाम निशान कश्यप घिमिरेले निर्देशन गर्दैछन्। पहिलोपटक सिनेमा निर्देशनमा होमिएका निर्देशक कश्यपले परीमा अभिनेता विपिन कार्की र श्रृष्टी खड्काको जोडी बाँधेका छन्।
साँढे एक करोडको बजेटमा निर्माण हुने सिनेमालाई रुपेशमान अमात्यले निर्माण गर्नेछन्। सिनेमाको कन्सेप्ट निर्देशक कश्यप स्वयंको हो। यसले संवेदनशिल विषय उठाउने बताइएको छ। निर्देशक कश्यपले घोषणासभामा भने, ‘एउटा उत्कृष्ट सिनेमा बनाउने इमान्दार प्रयास गर्नेछौं। सिनेमा रमाइलो, पारिवारिक र सस्पेन्स थ्रिलर हुनेछ।’ आरएन आइकनको ब्यानरमा बन्ने सिनेमालाई पुरुषोत्तम प्रधानले छायांकन गर्नेछन्। निपिल शर्माको कथा लेखन रहेको सिनेमामा सफल केसी मुख्य सहायक निर्देशकको रुपमा रहनेछन्।
आगामी नयाँ वर्ष वैशाखपछि छायांकन थालिने सिनेमाका मुख्य दुई कलाकारवाहेक सिनेमाको कथावस्तु वारेमा खुलाइएको छैन। सिनेमाका कलाकारलाई वर्कसप गराउनका लागि सिनेमाको केही समय पहिले नै घोषणा गर्नु परेको निर्देशक घिमिरेले बताए। परीको छायांकन नेपालका साथै भारतको राजस्थानमा समेत गरिने छ ।
म्युजिक भिडियोमा चिनिएकी मोडल श्रृष्टी खड्काले यही सिनेमाबाट ठुलो पर्दामा डेव्यु गर्दैछिन्। सिनेमाको कथावस्तु राम्रो भएकाले पनि सिनेमामा काम गर्न तयार भएको अभिनेत्री खड्काको भनाई छ। ‘परीमा मेरो भुमिका दर्शकले मन पराउनेमा विश्वस्त छु। पहिलो सिनेमामा विपिन कार्कीजस्तो सफल कलाकारसँग काम गर्न पाउँदैछु। उहाँबाट मैले धेरै कुरा सिक्न अवसर पाउनेमा आशावादी छु’ उनले भनिन्।

Related Articles

Check Also
Close
Back to top button