CINEMANEWS

नम्रताको जाइरा अर्को वर्ष

सिनेमा संसार संवाददाता
काठमाडौं
नायिका नम्रता श्रेष्ठले मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा अभिनय गरेको सिनेमा जाईरा श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर अर्को वर्ष २०७६ को भदौ ६ रिलीज हुने भएको छ।
एक महिलाले लिने प्रतिशोधको कथामा बनेको सिनेमामा नम्रतासँगै अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठसहित नव कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरको प्रमूख अभिनय रहेको छ। नव अभिनेत्री रेग्मी पनि सिनेमामा खेलाडीको रुपमा रहेकी छिन्।
नम्रताले सिनेमाका लागि आफ्नो लोभलाग्दो कपाल छोट्याउनुका साथै तौल ५१ किलोग्रामबाट घटाएर ४३ किलोग्राम बनाएकी थिइन्। ‘सबै कुरा नेचुरल देखियोस् भनेर तौल घटाएँ, कपाल काटेँ ६ महिना एक्सन सिकेँ। अब मैले कति मेहनत गरेको छु त्यसको मुल्यांकन गर्ने काम दर्शकको हो’ नम्रताको भनाई थियो।
एक्शन प्रधान जाईरा आशुतोष राज श्रेष्ठले निर्देशन गरेका छन्। पटकथाकार निर्देशक श्रेष्ठ र निरोज महर्जन हुन्। सिनेमा कटामरी फिल्म्सको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्ड सेटर्स प्रालिको प्रस्तुतिमा बनेको हो। प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको जाईरालाई लोकेश बज्राचार्यले सम्पादन गरेका छन्। कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत रहेको सिनेमामा सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको छ भने द्वन्द कोरियोग्राफी राउल मोक्तान र मेघवार चेम्जोङको छ। यसमा केशव थापाको नृत्य निर्देशन छ । डिओपी बाबु श्रेष्ठको रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button