CINEMAMUSIC

जयकिशन र एलिनाको रोमान्स

सिनेमा संसार संवाददाता
काठमाडौं
अभिनेता जयकिशन बस्नेतले  होम प्रोडक्सनबाट निर्माण गरेको सिनेमा धूम ३ को दोश्रो गीत सार्वजनिक भएको छ। ओम सुनारको संगीत, भानुभक्त ढकालको शब्द तथा संगीतकार सुनार र कबिता श्रेष्ठको स्वर रहेको न्यानो लाग्छ प्यारो लाग्छ बोलको गीतको भिडियो सार्वजनिक भएको हो।
जयकिशन बस्नेतकै लेखन, निर्माण तथा निर्देशन रहेको धूम ३ को उक्त गीतको भिडियोमा नायक बस्नेतको साथमा नायिका एलिना रायमाझीको अनस्क्रिन रोमान्स खिचिएको छ भने कोरियोग्राफी समेत बस्नेत आफैंले गरेका छन्। उक्त भिडियो नेपालको धार्मिक एवम पर्यटकीय स्थल गोसाईंकुण्डमा खिचिएको छ।
आगामी असोज ५ गतेदेखि देशब्यापी प्रदर्शनको तयारीमा रहेको धूम ३ को न्यानो लाग्छ गीतको भिडियोमा नायक जयकिशन बस्नेत र एलिना रायमाझी फिचरिङ्ग छन्। केही हप्ता पहिलेमा मात्र पहिलो गीत तिम्रो हेराईले सार्वजनिक गरिएको थियो भने उक्त गीतको भिडियोले पनि प्रशस्त दर्शक पाई रहेको छ। सिनेमाको छायाँकार जीवन श्रेष्ठ हुन्।

Related Articles

Check Also
Close
Back to top button