MUSICNEWS

भक्तपुरमा गुञ्जँदै सुशान्त केसी

सिनेमा संसार
काठमाडौं
चर्चित गायक तथा गीतकार सुशान्त केसी आगामी मार्च ८ मा भक्तपुरको सल्लाघारी ग्राउन्डमा गुञ्जिने भएका छन््।
सुशान्तले आगामी फागुन २४ गते शनिबार करिब साढे दुई वर्षपछि नेपालमा आफ्नो प्रस्तुति दिन लागेका हुन्। बार्दली, सारङ्गी, साथी, आमाजस्ता हिट गीतका लागि चर्चित सुशान्तले कन्सर्टमा पुराना हिट गीतसँगै नयाँ सिर्जना पनि प्रस्तुत गर्नेछन्।
कन्सर्टबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै केसीले लामो समयपछि काठमाडौं उपत्यकामा हुन लागेको कन्सर्टलाई लिएर उत्साहित रहेको बताए। ‘काठमाडौंमा प्रस्तुति दिनु सधैं विशेष अनुभव हो। समर्थकहरूको माया मेरो प्रेरणा हो र मार्च ८ मा सबैलाई संगीतको यो यात्रामा सहभागी गराउन उत्साहित छु’ उनले भने।
सुशान्तका अनुसार दर्शकले सो अवसरमा नयाँ एक ट्रयाक सुन्न पाउनेछन्। उनले भने, ‘यो कन्सर्टकै लागि भनेर मैले गीत तयार गरिरहेको थिएँ।’
आयोजकले कन्सर्टमा करिब १५ हजार दर्शक सहभागी हुने अपेक्षा गरेको छ। कन्सर्ट एसकेसी इंक र द रोयल नेपाल इभेन्ट्सको संयुक्त आयोजनामा हुन लागेको हो।

Related Articles

Back to top button