MUSIC

जुनेली रातमा रोहित र दुर्गाको रोमान्स

सिनेमा संसार संवाददाता
काठमाडौं
अष्ट्रेलियाको मेलबर्नमा बसोबास गर्दै आएका गायक रोहित सिंह थापाले नेपाली नया“ वर्ष २०८० को अवसर पारेर पहिलो सांगितिक कोसेली जुनेली रात सार्वजनिक गरेका छन् जसमा कल्याण सिंहको संगीत र रोशन श्रेष्ठको शब्द रहेको छ।
म्युजिक भिडियोमा रोहित सिंह थापा र दुर्गा भण्डारी बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। मेलवर्नका विभिन्न रमणिय स्थलमा पुगेर तयार पारिएको म्युजिक भिडियोको सुन्दर दृश्यलाई छायांकन ग्यान्योनले गरेका हुन्। भिडियो गायक थापाको अफिसियल युट्युव च्यानल रोहित सिंह थापा मार्फत सार्वजनिक गरिएको छ।

भिडियो लिंक: https://youtu.be/n50n2BJ3y-k

Related Articles

Check Also
Close
Back to top button