MUSIC

रेडियो नेपालको समय

सिनेमा संसार संवाददाता
काठमाडौं
संचार माध्यमलाई लिएर एक गीत तयार भएको छ। रेडीयो नेपालको समय बोलको गीत केही फरक शब्द र संगीतमा तयार भएको छ। गीतमा रबिन बान्तावा खाहोङ राईको शब्द तथा पुजन लोहागणको स्वर संगीत सुन्न सकिन्छ। गीतलाई एरेन्ज भने गोपाल रसाइलीले गरेका हुन्।
लोहागण धेरै समयअघि देखि नै सिक्किम बसेर धेरै संगीत सृजना गरेसकेका छन्। उनी एक असल गायक साथ साथै कुशल संगीतकार पनि हुन्। लामो समयदेखि सिक्किममा बसेर गीत संगीतमा लागिरहेका लोहंगनले केही समयअघि मात्र मनको साथी बोलको गीत बजारमा ल्याएका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button