EVENTMUSICNEWS

भृकुटी मण्डपमा घन्कियो दोहोरी

सिनेमा संसार संवाददाता
काठमाडौं
छैटौं टुवोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरीगीत प्रतियोगिता–२०७८ बुधबारबाट भृकुटीमण्डप बँगौचामा सुरु भएको छ। अर्थ सचिव मधुकर मरासिनी र लोक गायक कुमार बस्नेतले प्रतियोगिताको उद्घाटन गरेका हुन्।
शनिवारसम्म चल्ने प्रतियोगितामा राजधानी र मोफसबाट ६१ टोलीले भाग लिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले बताए। निःशुल्क प्रवेशको व्यबस्था गरिएको प्रतियोगितामा सर्वोत्कृष्ट हुने टोलीले शिल्डसँगै पदक, २ लाख ५० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्ने पनि उनले जनाए। त्यस्तै द्धितीय हुने टोलीले ट्रफी, पदक र रु १ लाख ५० हजार रुपैयाँ तृतिय हुने टोलीले नगद १ लाख रुपैयाँसहित ट्रफी, पदक र प्रमाणपत्र तथा सान्त्वना हुने टोलीले ५० हजार रुपैयाँसहित ट्रफी, पदक र प्रमात्रणपत्र प्राप्त गर्ने उनले जानकारी गराए। प्रतियोगितामा उत्कृष्ट हुने दुई गायक र दुई गायिकालाई जनही १० हजार रुपैयाँसहित सर्वोत्कृष्ट लोकदोहोरी गायक गायिकाको पुरस्कार प्रदान गरिने छ भने उत्कृष्ट भेषभुषा र उत्कृष्ट अनुसासन टोलीले पनि १० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्नेछन्।
उद्घाटन समारोहमा गायक प्रकाश सपुतले पीर गीत गाउँदा दर्शकले तालीले साथ दिएका थिए। त्यस्तै कुलेन्द्र बिक, रामजी खाँडलगायतका विभिन्न कलाकारले प्रस्तुत गरेका गीतले पनि दर्शक नचायो। कार्यक्रममा विभिन्न कलाकारहरुले आकर्षक लोक नृत्य प्रस्तुत गरेका थिए।

Related Articles

Back to top button