CINEMANEWS

पोष्टरमा सुश्री सम्पती

सिनेमा संसार संवाददाता
काठमाडौं
आगाी मंसिर २८ मा रिलिज हुने सुश्री सम्पतिको पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोष्टरमा सिनेमाका तिन पात्र सलोन बस्नेत, सारा सिर्पाली र बिनोद न्यौपाने फिचर्ड छन्। यी तिनकै वरपर सिनेमाको कथा घुम्ने भएकोले पोष्टर पनि यिनमै फोकस छ। पोष्ट प्रोडक्सनमा रहेको सिनेमाको ट्रेलर साताभित्र नै रिलिज हुने निर्माण पक्षले जनाएको छ।
पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भएको सिनेमामा सलोन, सारा र बिनोदसँगै राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरीलगायतका कलाकारको पनि अभिनय रहेको छ भने प्रियंका कार्की विशेष भूमिकामा छिन्। रमेश त्वायना प्रस्तुतकर्ता रहेको सुश्री सम्पत्तिको कथा निर्देशक सुव्रत आफैले लेखेका हुन्। सिनेमाको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन्। अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहेको फिल्मको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ। सिनेमा रोमान्टिक कमेडी बनेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button