EVENTNEWS

यस्तो छ मेरी मामुको ट्रेलर

सिनेमा संसार संवाददाता
काठमाडौं
६ बर्षका बालक आयुव सेनको मुख्य भुमिका रहेको सिनेमा मेरी मामुको ट्रेलर रिलिज गरिएको छ। बिहिबार जावलाखेल स्थित डिएभी स्कुलमा आयोजित एक कार्यक्रममा ट्रेलर रिलिज गरिएको हो।
पुरै कमर्सियल रुपमा ल्याइएको ट्रेलरमा चलचत्रिको केही मुख्य अंशले प्राथामिकता पाएका छन्। ट्रेलरबाट सिनेमामा ६ बर्षीय बालक आयुवले उत्कृष्ट अभिनय गरेको देखिन्छ। आमा र बच्चाको बिषयमा सिनेमा निर्माण भएकोले स्कुलका भाइबहिनीमाझ ट्रेलर रिलिज गरिएको निर्माता सन्तोष सेनले बताए। सेनले आफुले स्कुले भाईबहिनीलाई लक्षित गरेर सिनेमा बनाएको खुलाउँदै बिद्यार्थी भाईबहिनीलाई पनि एकपटक अभिभावकको साथमा गएर चलचित्र हेर्न आग्रह गरे।
बिद्यालयका प्रिन्सिपल अनिल केडियाले मेरी मामु राम्रो बनेको अनुमान गर्न सकिने बता । ‘आमा बाबुले आफ्नो सबै सम्पती दाउमा राखेर छोरा छोरी हुर्काउने गर्दछन्’ केडियाले भने ‘तर छोराछोरी हुर्किएपछि बुबाआमालाई लात हान्न समेत पछि पर्दैनन्।’ आमाबुबाको महत्व दर्साउने यो सिनेमा सबै बिद्यार्थीका लागि उपयोगी हुने उनको भनाई रहेको थियो।
निर्देशक यम थापाले सिनेमाले आमा र बच्चाको सम्बन्ध के हो भन्ने बुझाउने बताए। ‘जुनै रुपमा आएपनि आमा भन्दा माथी कोही हुँदैन भन्ने सन्देश सिनेमाले दिन खोजेको छ’ उनले भने।
अभिनेता शाहरुख ताम्रकारले सिनेमामा आफुले बुबाको भुमिका निर्बाह गरेको खुलाउँद सिनेमाले बच्चाहरुको साइकोलोजी समस्याको बिषय पनि उठाएको खुला। अभिनेत्री कुशुम गुरुङले नेपालमा यस्तो सिनेमा नबनेको दाबी गरिन्।
यम थापाको लेखन तथा निर्देशन रहेको सिनेमा नायिका अश्लेषा ठकुरी, नायक सारुक तााम्राकार, कुसुम गुरुङ र दुर्गा मल्लको समेत मुख्य भूमिका रहेको छ।

Related Articles

Check Also
Close
Back to top button