EVENTNEWS

व्युटिसियन ट्यालेन्ट नेपालका लागि छानिए १३ प्रतियोगी

सिनेमा संसार संवाददाता
काठमाडौं
ब्युटिसियन ट्यालेन्ट नेपाल–२०२३ पाँचौं सृँखलाको काठमाडौंमा पहिलो अडिसन सम्पन्न भएको छ। पहिलो अडिसनमा राजधानी र मोफसलबाट विभिन्न व्युटिसियनहरु सहभागी भएका थिए। नेपालका व्युटिसियनहरुको व्यक्तित्व विकाश र प्रतिभा प्रस्तुतिका लागि ६ वर्षबाट हुँदै आएको छ।
यो प्रतियोगिताको अन्तिम प्रतिस्पर्धाको लागि पहिलो अडिसनबाट १३ जना प्रतियोगी चयन भएका छन्। जसमा मनिषा श्रेष्ठ, प्रमिला दर्नाला (पुजा), श्वेता मगर श्रेष्ठ, दीपा श्रेष्ठ, आयुषा खड्का, मन्दिरा श्रेष्ठ, रजनी खड्का, सञ्जिना सितिखु, सुनिता प्रजापति मानन्धर, पुनम साउद, संगीता सुवेदी, प्रनिशा डंगोल र उर्मिला मानन्धर थिए।
रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसन प्रालिले आयोजना गर्ने प्रतियोगिताको लागि दोश्रो अडिसन यही १० चैतमा राखिने भएको छ। अडिसन सम्पन्न भएपछि १२ चैटबाट प्रशिक्षण सुरु गर्ने र आगामी २८ चैतमा पाँचौ व्युटिसियन ट्यालेन्ट नेपाल २०२३ को एक भव्य समारोहबी चयन गरिने पनि आयोजक संस्था रोज ब्युटी एकेडेमीकी अध्यक्ष एव्म बरिष्ट व्युटिसियन सोनी कारँजितले कार्यक्रममा बताएकी छन्।
आईतबार सम्पन्न अडिसनको निर्णायकमा हास्य अभिनेत्री पल्पसा डँगोल, व्युटिसियन अनिता खड्का रायमाझी, लायन्स सुरेन्द गिरी, ब्युटिसियन ट्यालेन्ट नेपालकी पहिलो बिजेता तथा गायिका÷सञ्चारकर्मी सरिता भारती र कस्मेटिक विज्ञ परिषी कारंजित थिए।
प्रतियोगीहरुलाई ब्युटिसियन सम्बन्धि दुई साता लामो विभिन्न प्रशिक्षण दिएर बल्ल फाईनल प्रतियोगितामा उतारिने भएको छ। बिजेताले काठमाडौं बैंकक काठमाडौंको ५० हजार रुपैयाँ बराबरका हवाई टिकट प्राप्त गर्ने आयोजक पक्षले जनाएको छ। प्रशिक्षणको क्रममा ५० हजार भन्दा बढी मुल्यको व्युटिसियन समबन्धि विभिन्न प्रशिक्षण दिईने विलक्षण क्रियसनका अध्यक्ष डब्बु क्षत्रीले बताएका छन्।

Related Articles

Check Also
Close
Back to top button