EVENT

सिते बाले यसरी मनाए ३०औं बर्थडे

सिनेमा संसार संवाददाता
काठमाडौं
कमेडी टेलिसिरियल भद्रगोलका सिते बा मधुसुदन पाठकले शनिबार भद्रगोलका कलाकारहरुका साथ रमाइलो गर्दै बर्थडे मनाएका छन्।
भद्रगोलका प्रमुख कलाकारद्वय जिक्री हजुर कुुमार कट्टेल र पांडे बुडा अर्जुन घिमिरेका साथ बर्थडे व्वाई मधुसुदन पाठक, दीपक आचार्य र अशोक धिताल तथा व्यसायी नविन हुमागाईंद्वारा राजधानीको डिल्लीबजारमा सञ्चालित इचिबान रेष्टुराँमा मधुले केक काटेर बर्थडे मनाएका हुन्। बर्थडे सेसेलिब्रेशनमा मधुसुदनलाई हास्य कलाकार दम्पती सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीका साथमा भद्रगोलका कलाकारहरुले शुभकामना र उपहार प्रदान गरेका थिए। उनको बर्थडेमा साथीभाई र पारिवारीक सदस्यहरु पनि सहभागी थिए भने सबैले नाचगान गरेर रमाइलो गरेका थिए। मधुसुदनले ३०औं बर्थडे मनाएका हुन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button