CINEMAEVENT

उम्लियो भने पोखिन्छ

सिनेमा संसार संवाददाता
काठमाडौं
अशोक शर्माको सिनेमा जय भोलेको उम्लियो भने पोखिन्छ बोलको भिडियो सार्वजनिक भएको छ।
बिहीवार राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको भिडियोमा नायक सलोन बस्नेत र स्वस्तिमा खड्का साथमा खगेन्द्र लामीछाने र सौगात मल्लले डान्स गरेका छन्। भिडियोमा बुद्वी तामाङ, शुरविर पण्डीत, जयनन्द लामा, शारदा गिरी, रामचन्द्र अधिकारीलगायतका कलाकार पनि खेखिएका छन्। राजनराज शिवाकोटी र मेलीना राईको स्वर रहेको गीतमा शब्द र संगीत राजनकै रहेको छ। गीतको कोरियोग्राफी नृत्य निर्देशक वसन्त श्रेष्ठले गरेका छन्।
दशैमा रिलीज हुने सिनेमामा लेखन खगेन्द्र लामिछाने तथा निर्माण किरण शर्मा, कृति शर्मा र अंकित शर्माको रहेको छ। यो भिडियोलाई १ दिनमै १ लाखभन्दा बढीले हेरिसेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button