CINEMANEWS

आउटल : दफा २१९ एक्सन प्याक्ड

सिनेमा संसार
काठमाडौं
एक्सन सिनेमा आउटलः दफा २१९ को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक भएको छ।
आगामी फागुन २९ गते रिलिजमा आउने सिनेमाको ट्रेलरले यसको मेकिङ, कथावस्तु र एक्सन गतिलो रहेको संकेत गरेको छ। नायक सुशिल श्रेष्ठलाई एक्सन स्टारका रुपमा प्रस्तुत गरिएको सिनेमामा उनको काम पनि तारिफयोग्य देखिएको छ। सिनेमामा समावेश केही संवाद दर्शकले मन पराएका छन। जस्तो कि ‘यहाँ व्वासोहरु झुण्डमा हिँडेर आफूलाई वाघ ठान्छन्। तर, वाघलाई के थाहा बाघ एक्लै आउँछ र एक्लै शिकार गर्छ।’ यो बाहेक अन्य केही संवाद पनि दर्शकको नजरमा पर्न सक्छन्। जस्तै ‘हिजोसम्म स्यालको सरकार देखेकी थिइस्, आज बाघको सरकार देखिस्।’ सिनेमाको ट्रेलरले दर्शकमा उत्सुकता ह्वात्तै बढाएको छ।
विक्की महर्जनको लेखन र निर्देशन तथा अमित अग्रहरि र नीशा गुइडेको लगानी बनेको सिनेमामा सुशिल श्रेष्ठ, शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, हेम महर्जन, सोनी लागुन, विशाल पहारी, महेश त्रिपाठी, मारिया कार्की, अयान परियारलगायतले अभिनय गरेका छन्। विकास चौधरी सह–निर्माता र विनोद कठायत कार्यकारी निर्माता रहेको सिनेमामा विक्की महर्जन र विनोद कठायतको पटकथा, चुल्ठे काजीको एक्सन निर्देशन, नविन गुरुङको डीओपी र साहिल खानको सम्पादन रहेको छ।

Related Articles

Check Also
Close
Back to top button