CINEMANEWS

मारुनी टिम नारायणी किनारमा

सिनेमा संसार संवाददाता
चितवन
आगामी भदौ १३ गतेबाट रिलीमा आउन लागेको फिल्म मारुनीको टिम नेपाल टुरका सिलसिलामा इटहरीपछि चितवन पुगेको छ। टिमले चितवनमा पनि भव्य कन्सर्ट आयोजना गरेको छ।
चितवनको नारायणी नदी किनारमा आयोजना भएको कन्सर्टमा हजारको आसपासमा दर्शकको उपस्थिती रहेको थियो। कार्यक्रममा कलाकारहरु पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहले फिल्मको दुई गीत जाम न माया जाम र ’क्दिन म बाँच्नमा नृत्य गरेका थिए। उनिहरु नाच्दा दर्शकले जोडले हुटिङ गरेका थिए।
उनीहरुसँग सेल्फी खिच्न दर्शकहरु स्टेजमै चढेका थिए। यस्तै केही फ्यान पिछा गर्दै होटेलसम्म पुगेका थिए। उनीहरुले कार्यक्रममा बोल्दै फिल्म राम्रो बनेकोले हलमा गएर हेर्न आग्रह गरेका थिए।
फिल्मकी निर्माता पुनम गौतमले आफ्नो घर नै चितवन भएकोले आउन लागेको तीजमा माइतीलाई मारुनी कोसेली लिएर आएको बताईन्। यस्तै, निर्देशक नवल नेपालले आफुले मुटु छुने फिल्म बनाएकोले सबैलाई हेरिदिन आग्रह गरे। कार्यक्रममा गायक कृष्ण काफ्लेले पनि गीत गाएर दर्शकलाई नचाएका थिए। चितवनपछि मारुनी टिमले भोलि शनिवार पोखरा, आईतबार बुटवल र सोमबार नेपालगन्जमा कार्यक्रम गर्नेछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button