CINEMAMUSIC

आम नागरिकको गीत रेकर्ड

सिनेमा संसार संवाददाता
काठमाडौं
क्षितिज बाबु प्रोडक्सन हाउसको व्यानरमा बन्न लागेको सिनेमा आम नागरिकको गीत रेकर्ड गरिएको छ । जब तिमीस“ग मिठो प्यार भयो बोलको गीतमा पवित्रा परियारको स्वर, डा. भोला रिजालको शब्द र अर्जुन पोखरेलको संगीत छ । गीत अनामनगरस्थित ए प्लस स्टुडियोमा रेकर्ड गरिएको हो ।
सिनेमाका प्रस्तुतकर्ता पुस्कर राउत हुन् । सिनेमाको सार्वजनिक फस्टलुकले राम्रो चर्चा पाइरहेको छ । सार्वजनिक पोस्टरमा सिनेमाको प्रमुख पात्रले शरीरको पछिल्लो भागमा खुकुरी बोकेर उभिएको देखाइएको थियो । पृष्ठभूमिमा कुनै सहरको दृश्य रहेको छ।विनयराज पौडेलको डेव्यु निर्देशकिय रहने सिनेमा कलाकारहरुको हाल धमाधम छनोटका काम भइरहेको छ ।
उग्रशन ढुंगाना र राजेन्द्र दुलाल निर्माता रहने सिनेमाको छायांकन छिट्टै सुरु हुने निर्माण पक्षले जनाएको छ । सिनेमाको लेखन पनि स्वयम निर्देशक कै रहेको छ ।दर्जन बढी सिनेमाा मुख्य सहायक निर्देशकका रुपमा काम गरिसकेका विनयले केही म्यूजिक भिडियो र टेलिफिल्मको पनि निर्देशन गरिसकेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button