CINEMA

आइटम डान्ससँगै सकियो सूर्यास्त

सिनेमा संसार संवाददाता
काठमाडौं
आइटम गीतको छायांकन गर्दै सुर्यास्त सिनेमाको छायांकन सकिएको छ। आइटम गीतको लागी राजधानिको गंगबुमा रहेको एक रोधी घरमा आइटम गीतछायांकन गरिएको हो।
आइटम गीतलाइ दिनेश पाख्रिनले कोरियोग्राफि गरेका छन्। आइटम गीतमा नृत्य गरेकि अप्सरा राईले पहिलापटक आइटम डान्स गरेकोले केहि गाह्रो भए पनि रमाइलो लागेको बताइन्। राज बस्न्यातको निर्माण र निर्देशन रहेको सिनेमा सुर्यास्तमा किशोर खतिवडा, प्रज्वल गिरी, अप्सरा राई, पनाह अधिकारी, रितेश श्रेष्ठ, काजी रम्तेललगायतका कलाकारको अभिनय रहेको छ। त्रिकोणात्मक प्रेमकथामा आधारित सिनेमाका गीतमा बिकस चौधरी र जनम राइको संगीत रहेको छ। कथा र पटकथा पनाह अधिकारीले लेखेकी छिन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button