CINEMAEVENT

चन्द्रागिरी पुगेर रोमियो एण्ड मुना हेर्न आग्रह

सिनेमा संसार संवाददाता
काठमाडौं
रोमियो एण्ड मुना सिनेमा टिमले राजधानी नजिक रहेको पर्यटकियस्थल चन्द्रागिरी हिल्स पुगेर टिमले सिनेमाको प्रोमोशन गरेको छ। रोमियो विनय श्रेष्ठ र मुना सृष्टि श्रेष्ठले शनिबार चन्द्रागिरी पुगेर फिल्मको प्रोमोशन गरेका हुन्।
विनय र सृष्टिको साथमा निर्देशक नरेशकुमार केसी र निर्माता प्रशन्न गोपालीलाई त्यहाँका मेयर घनश्याम गिरीले स्वागत गरेका थिए। मेयर गिरीले चाँडै नै चन्द्रागिरीमा सिनेमा हल बनाइने बताए। रोमियो एण्ड मुना टिम केबुलकार चढेर भालेश्वर मन्दिरसम्म पुगेको थियो। त्यहाँ पुगेर टिमले गरेको प्रेस मिटमा साउन ११ गते रोमियो एण्ड मुना हेर्न आग्रह गरे। विनय र सृष्टिले आफ्नो लागि रोमियो एण्ड मुना विशेष रहेको बताए। दर्शकसँग अन्र्तक्रिया पनि गरे।
डाइङ क्यान्डलबाट प्रशंषा पाएका निर्देशक केसीले रोमियो एण्ड मुना पनि मिहेनत गरेर बनाएको बताए।

Related Articles

Check Also
Close
Back to top button