CINEMANEWSPROMO

जानी नजानीकोमा ट्रेलर रिलीजमा नायिकाहरुको हट अवतार

सिनेमा संसार संवाददाता
काठमाडौं
आगामी १ चैत्रबाट रिलिज हुने सिनेमा जानी नजानीको शुक्रबार राजधानीमा एक समारोहबीच ट्रेलर रिलिज गरिएको छ। ट्रेलर रिलीज कार्यक्रममा यसका नायिकाहरु हट अवतारमा प्रस्तुत भए।
यो सिनेमाको ट्रेलरमा देब बनेका मनिष श्रेष्ठ र मीरा बनेकी निरिशा बस्नेतबीचको प्रेम सम्बन्धको उतार चढाब देखाईएको छ। यी दुबैजना कर्पोरेट व्यबसाय पेशामा छन्। उनीहरु पेशाकै क्रममा निटक भएको र त्यसपछि प्रेम सम्बन्धमा उतार चढाब आएको देखाईएको छ।
सिनेमामा चिराग बनेका सन्नी सिंह र मिरा बनेकी निरिशाबीच प्रेम सम्बन्ध टुटेको र सो सम्बन्धले मिराको जीवनलाई पिडायुक्त बनाएको पनि ट्रेलरमा देखाइएको । त्यो सम्बन्ध तोड्न बर्षा बनेकी अभिनेत्री नम्रता श्रेष्ठको महत्वपूर्ण भूमिका ट्रेलरमा देखिन्छ। सिनेमामा प्रकाश अधिकारी, कृष्णभक्त महर्जन, रोशनी केसी पनि विभिन्न भूमिकामा छन्।
जानी नजानीलाई बसन्त अधिकारीले निर्देशन गरेका हुन्। यो सिनेमामा आफुहरुले कर्पोरेट स्तरको प्रेमलाई उठान गरेको उनले बताए। बिगत आठ वर्षअघि देखि आफु र सामिप्यराज तिमिल्सिनाले यो स्कृप्ट तयार गरेको र एउटा राम्रो स्कृप्टमा सिनेमा बनाएको पनि निर्देशक अधिकारीले बताए। जानी नजानीमा आफुले सक्दो राम्रो काम गरेको अभिनेता मनिष श्रेष्ठले कार्यक्रममा बताए। अभिनेत्री निरिशा बस्नेतले आफ्नो यो पहिलो सिनेमा भएको र जानी नजानीबाट आफु निकै उत्साहित रहेको बताईन्।
आधुनिक प्रेम कथामा आधारित यो सिनेमाको कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका छन्। लेखक तिमल्सिनाले ड्रिमपछि आफुले लेखेको यो उत्कृष्ट लभ स्टोरी भएको बताए। यसका निर्देशक बसन्त अधिकारीले लामो समयदेखि मुख्य सहायक निर्देशकको रुपमा काम गर्दाको अनुभव समेटेर एउटा स्तरीय सिनेमा बनाएको बताए।
रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित सिनेमाकी प्रस्तुतकर्ता रोशनी केसी हुन्। सिनेमामा मोदनाथ खनाल र सागरकाजी मालीको निर्माण रहेको छ। जानी नजानीमार्फत मनोरञ्जनसँगै दर्शकले ससक्त सन्देश पनि पाउने निर्माता रोशनीले ट्रेलर रिलिज कार्यक्रममा बताईन्। सिनेमालाई निकै स्तरीय बनाएको जिकिर उनले गरिन्। निर्माता केसीले यस अघि डाक्टर खाते फिल्म निर्माण गरिसकेकी छिन्।

अर्का निर्माता मोदनाथ खनालले आफु यो क्षेत्रका लागि नयाँ भए पनि एउटा समसामयिक तर आदर्श प्रेमकथामा यो फिल्म बनाएका बताए । चलचित्र जानी नजानीले नेपाली समाजमा प्रेमको परिभाषा केही फरक रुपमा गर्ने विश्वास व्यक्त गरे।

Related Articles

Check Also
Close
Back to top button