NEWS

मेरी मामु सांगितिक टुरमा

सिनेमा संसार संवाददाता
काठमाडौं
चंखे शंखे पंखे, प्रेम गीत र प्रेम गीत २ को सफलतापछि निर्माता सन्तोष सेनले निर्माण गरेको सिनेमा मेरी मामुको प्रचाका लागि सांगीतिक धमाका शुरु गरेको छ।
बिहीबार काठमाडौंबाट शुरु भएको उनको सांगीतिक शुक्रबार पनि काठमाडौं भई शनिबार पोखरा, आईतबार, बुटवल, सोमबार चितवन, मंगलबार इटहरी, दमक हुँदै १३ गते बुधबार धरान पुगेर फर्किने निर्माता सेनले बताए। आशुसेन फिल्म्स्को ब्यानरमा निर्माण भएको सिनेमा निर्माता सेनका ६ वर्षिय छोरा आयुब सेन प्रमुख भूमिकामा छन्। मेरी मामुमा प्रेम गीत २ की अभिनेत्री अश्लेषा ठकुरीका साथमा नवनायक सारुक ताम्राकार र नव नायिका कुसुम गुरुङसमेत देखिनेछन्। कुशुम पहिलो सिनेमामै आमा बनेकी छन्।
यम थापाको निर्देशनमा बनेको सिनेमाले आमा छोराको सम्बन्धको कथामा बिषय बनाएको छ। गीत र ट्रेलरका कारणले चर्चा पाउन सफल सिनेमाको नायक आयुवलाई समेत धेरैले मन पराएका छन्। सिनेमा युनिटले यस अगाडि २ टिमले पुर्व र पश्चिमका स्कुलमा क्याम्पेनिंङ गरेको थियो। यो क्रममा देशका मुख्य शहरका मुख्य ५० स्कुलमा सिनेमाको गीत देखाउनुका साथै बिद्यार्थीलाई मेरी मामुको बिषयमा जानकारी दिइएको थियो। काठमाडौंका मात्र ३० भन्दा बढि स्कुलमा सिनेमाको ट्रेलर र गीत देखाइएको निर्माता सेनले बताए।
सिनेमा युनिटले थाईल्याण्ड टुर पुरस्कारको रुपमा समेत ल्याएको छ। जुन अफरअन्तर्गत भाग्यमानी ५ आमा छोरा वा आमा छोरीले सित्तैमा थाईल्याण्ड घुम्न जान पाउनेछन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button