CINEMANEWS

निफमा प्रदीप खड्का र दिया मास्के उत्कृष्ट

सिनेमा संसार संवाददाता
काठमाडौं
गत चैत २ देखि राजधानीमा चलेको सुरु भएको छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा नेपाली फिल्म तर्फ ऐना झ्यालको पुतलीलाई उत्कृष्ट घोषणा गर्दै सम्पन्न भएको छ।
नेपाली सिनेमातर्फ चलचित्र प्रकासबाट प्रदीप खड्का र दिया मास्के उत्कृष्ट अभिनेता तथा अभिनेत्री घोषित भएका छन्।
समापन कार्यक्रममा संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले चलचित्रको महत्वमाथि प्रकास पार्दै भने ‘सिनेमाले डिप्लोम्यासी रोल गर्छ।’ उनले निफलाई सक्दो सहयोग गर्ने वचन समेत दिए। समापन कार्यक्रममा अभिनेत्री गौरी मल्ल, प्रियंका कार्की, नम्रता श्रेष्ठ चलचित्रकर्मीहरु प्रकास सायमीलगायतका सिनेकर्मीको उपस्थिति रहेको थियो। निफका अध्धयक्ष केपी पाठकले निफ सफलताको कथा सुनाएका थिए। उनले आगामी निफ अझ शसक्त रुपमा सम्पन्ने गर्ने बताएका थिए।

३५ देसका ९५ प्रतियोगी चलचित्र प्रतियोगी रहेको फेष्टिभलमा विभिन्न विधामा १३ अवार्ड प्रदान गरिएको थियो। ५ दिनसम्म चलेको निफमा ९ वटा सेसन र तीनवटा मास्टर क्लास सम्पन्न भएका थिए। प्रो.डा. इतामी ब्रोजन (क्रोसिया), प्रेमेन्द्र मजुमदार (भारत) र लि. रान (चाइना)ले मास्टर्श क्लास सञ्चालन गरेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button