NEWS

सयकडा दशले अख्तिायारको उद्देश्य बोकेको छ : प्रमुख आयुक्त

सिनेमा संसार संवाददाता
ललितपुर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले सिनेमा सयकडा दशलाई अख्तिायारको उद्देश्यलाई बोकेको सिनेमा भनेका छन्। आयुक्तले हिजो ललितपुरको पुलचोकस्थित क्युएफएक्स हलमा दर्शक माझ बसेर सिनेमा हेरेपछि यसो भनेका हुन्।
‘सिनेमा सन्देशमुलक छ। म आशा विश्वास र अपेक्षा पनि के गर्छु भने यो सिनेमा हरेक नेपालीले हेर्नुपर्ने सिनेमा बनेको छ’, उनले भने ‘अख्तियारको मुल मर्मलाई नै बोकेर सिनेमा बनेको लाग्यो मलाई। भ्रष्टाचारका विषयमा मैले बारम्बार भन्ने गरेको कुरा मौन रहनु पनि झन् ठूलो भ्रष्टाचार हो। त्यो मौनतालाई चिर्ने काम यो सिनेमाले गरेको छ।’ सिनेमालाई अख्तियार प्रमुख आयक्तसहित आयुक्त डा. सावित्री गुरुङ, विदुषी सपना मातालगायत बिभिन्न व्यक्तित्वहरुले हरेका थिए। आयुक्त डा. सावित्री गुरुङले हसाउदै रमाइलो गराउँदै महत्वपूर्ण संदेश दिएकोले निर्माण पक्ष र कलाकारलाई धन्यबाद दिइन्। साथसाथै यो सिनेमा कुनै बर्ग बिशेषको लागि मात्र नभएर आम नेपालीले हेर्नु पर्नेमा जोड दिइन्।
सयकडा दश हेर्न आफ्ना भक्तजनहरुसहित आएकी विदुषी सपना माताले सिनेमा अत्यन्तै मार्मिक भएको भएको भन्दै सबैलाई नछुटाउन अनुरोध गरिन्।
गत शुक्रबार रिलिज भएको रामशरण पाठक निर्देशित सिनेमामा राजाराम पौडेल, मनोज गजुरेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने, अमित पोखरेल, रवि डंगोल, रश्मी भट्टलगायतको अभिनय रहेको छ। रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय, संजीव न्यौपानेले दर्शन नेपाल क्रिएसनको ब्यानरमा निर्माण गरेका सिनेमा राजाराम पौडलको कार्यकारी निर्माणमा बनेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button