CINEMANEWS

छक्कापञ्जा–४ ले मनायो ५१ औं दिन

सिनेमा संसार संवाददाता
काठमाडौें
फिल्म छक्कापञ्जा–४ ले देशभरका विभिन्न १६ हलमा प्रदर्शनको ५१ औं दिन पार गरेको अवसरमा खुसियाली साट्दै सेलिब्रेसन आयोजना गरेको छ। फिल्मको निर्माण टोलीले आइतबार राजधानीमा एक कार्यक्रम गरी प्रदर्शनको ५१औं दिन मनाएको हो।प्रविधिका कारण एक साथ देशदेखि विदेशसम्मका सयौं हलमा फिल्म रिलिज हुने यो जमानामा कुनै फिल्मले प्रदर्शनको ५१औं दिन पुर्याउन दुर्लभ प्रायः मानिन्छ।तर,०७९ को ब्लक बस्टर फिल्ममध्ये एक छक्कापञ्जा ४ ले यस्तो समयमा पनि प्रदर्शनको ५१औं दिन मनाउन सफल भएको हो। कार्यक्रमा फिल्मका कलाकार, प्राविधिक, वितरक, प्रदर्शक र सहयोगीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो। ५१ दिनपश्चात पनि फिल्म दर्शकको राम्रो साथ पाइरहेको छ। फिल्मको कथा वस्तुसंगै यसमा कलाकारहरुले गरेको अभिनय तथा यसमा समावेश गीत संगीतलाई मन पराइएको छ। समसामायिक राजनीतिक कथावस्तुमा आधारित हेमराज बिसी निर्देशित फिल्मले नेपालसँगै विदेशमा पनि राम्रो कमाइ गरेको छ।आइतबार सेलिब्रेसन कार्यक्रम गर्नुअघि फिल्मका मुख्य कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बेनिषा हमाललगायतले राजधानीका विभिन्न हलमा पुगेर दर्शकप्रति आभार प्रकट गरेका थिए।गत फागुन १९ गते रिलिजमा आएको फिल्ममा नीर शाह, बुद्धि तामाङ, राज आचार्यलगायत कलाकारले पनि अभिनय गरेका छन्।

 

Related Articles

Check Also
Close
Back to top button