MUSICNEWS

राते काईंला हिपहपको बोस

सिनेमा संसार संवाददाता

काठमाडौं
राते काईला सुनिल थापाले म्युजिक भिडियोमा अभिनय गरेका छन्। फिल्ममा भिलेनको रुपमा देखिदै आएका सुनिल भिडियोमा पनि त्यहि अन्दाजमा देखिएका छन्। उनले अभिनय गरेको भिडियोको गीतमा उनलाई बोसको रुपमा चित्रण गरिएको अनुमान लगाउन सकिन्छ।
उनी पहिलोपटक हिपहप गीतमा देखिएका हुन्। झ्याम पुतली बोलको हिपहप गीतमा साइक्लोनिक अर्थात बिधान रेशमी मगर र नेपालको फास्ट र्यापरको परिचय बनाएका बुलेट फ्लो अर्थात सुरज बिक्रम थापाले तयार पारेका हुन्। यी २ पनि भिडियोमा फिचर्ड छन्। यसको अडियोलाई क्रोनिक बिटले तयार पारेका छ भने यसको भिडियोलाई बेस्मेन्ट स्टुडियोले । भिडियोमा इन्टा चाम्लिङ राईको कोरियोग्राफी रहेको छ। भिडियोलाई अन्तराष्ट्रियस्तरको बनाउने प्रयाश गरिएको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजानिक गरिएको गीतमा आफु अभिनय गर्न पाउँदा निकै खुसि रहेको सुनिलले बताए । ‘गीतको एउटा हिस्सा हुन पाउँदा निकै खुसि छु’ थापाले भने ‘गीतलाई स्टाइलिस बनाउने कोसिस गरिएको छ।’
सुनिलले भिडियोमा अभिनय गर्न तयार हुँदा आफुहरु उत्साहित भएको विधानले बताए। ‘हामीलाई एउटा बोस क्यारेक्टर चाहिएको थियो, त्यो मैले सुनिल सरमा पाएँ’ उनले भने। उनले यो हिपहप गीतलाई एउटा स्तरीय गीत बनाउने कोसिस गरेको जनाए। गीतमा र्यापरको रुपमा रहेका सुरजले गीतलाई अन्य भन्दा भिन्न बनाउने कोसिस गरिएको बताए।

 

Related Articles

Back to top button