CINEMANEWS

बुलबुलको ट्रेलरमा यस्तो

सिनेमा संसार संवाददाता
काठमाडौं
फिल्म बुलबुलले माघे सङक्रान्तीको अवसर पारेर ट्रेलर सार्वजनिक गरेको छ। फिल्मले केही दिनअघि फिल्मकी मुख्य अभिनेत्री स्वस्तिमा खड्कालाई दोहोरो भूमिकामा प्रस्तुत गरेको भिडियो सार्वजनिक गर्दै माघ १ मा ट्रेलर सार्वजनिक गर्ने घोषणा गरेको थियो।
सार्वजनिक ट्रेलरले स्वस्तिमा खड्काको चरित्रमार्फत फिल्मको कथा भन्ने प्रयास गरेको छ। सार्वजनिक टे«लरमा स्वस्तिमा खड्कासँगै नवअभिनेता मुकुन भुषाल र लक्ष्मी बर्देवाले पनि पर्याप्त स्थान पाएका छन् ।
निर्देशक विनोद पौडेलले बजार र आफ्नो रुचिदुवै कुरालाई मिलाएर ट्रेलरमा प्रस्तुत गर्ने जमर्को गरेको बताए।
निर्माता अविरल थापाले अभिनेत्री स्वस्तिमा खडका अर्को फिल्मको छायांकनका कारण नेपाल आउन नसकेपछि विना कार्यक्रम युट्युवमार्फत टे«लर सार्वजनिक गर्नु परेको जानकारी गराए।
यस अगावै सार्वजनिक दुई टिजर र स्वस्तिमा खडकाले आफनै पात्रसँग कुराकानी गरेको प्रचारात्मक दृश्य सामग्रीबाटै बुलबुलकादुई पात्र चोपेन्द्र र रनकला दर्शकमाझ परिचित भइसकेका छन्। उनीहरुको सिको गर्दै दर्शकले टिकटकमा हजारौं भिडियो बनाइसकेका छन्।

फिल्ममा बुद्धि तामाङ, मुकुन भुसाल, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, एलिना कार्की आदि कलाकारको अभिनय रहेको छ। सुसन प्रजापतिको छायांकन रहेको फिल्मलाई विनोद पौडेलले लेखेका हुन्। फिल्मलाई पुरुषोत्तम पाण्डे, अबिरल थापा, भिम थापा र राजु पौडल मिलेर बनाएका हुन्। रामराजा दाहाल फिल्मका कार्यकारी निर्माता हुन्। फिल्म भ्यालेन्टाइनको अवसर पारेर फागुन ३ गतेबाट देशभर लाग्दैछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button