CINEMANEWS

कामना फिल्म अवार्डस् २०७६ को आवेदन खुला

सिनेमा संसार संवाददाता
काठमाडौं
सिने मासिक कामनाले नेपाली सिनेमा र सिनेकर्मीको सम्मानमा सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा आयोजना गर्दै आएको सिजी लक्स कामना फिल्म अवार्ड्स २०७६ मा सहभागी हुनका लागि आवेदन खुल्ला गरेको छ।
कामना न्यूज पब्लिकेसन्स्ले आजभन्दा ३५ वर्षअगाडि, जुन बेला वर्षमा एउटा सिनेमासमेत निर्माण हुँदैन थियो, त्यस समयमा नेपाली सिनेमा तथा कलाकार प्राविधिकको मान सम्मान तथा सामाजिक प्रतिष्ठा दिलाउने उद्येश्यले कामना सिने मासिक प्रकाशनमा ल्याउने यस अवार्डस्को आयोजक संस्था कामना न्यूज पब्लिकेसन्स्का अध्यक्ष तथा प्रधान सम्पादक पुष्करलाल श्रेष्ठलाई यस वर्ष अकल्पनियरुपमा अल्पायुमै गुमाउनु परेको छ। नेपाली सिनेमा र सिनेकर्मीको सम्मानकै खातिर सिजी लक्स कामना फिल्म अवार्डस् आयोजनालाई अगाडि सार्नुभएका श्रद्वेय प्रधान सम्पादक श्रेष्ठको दुखद् निधनका बिच कामना प्रकाशनले उहाँले देख्नुभएको सपना पूरा गर्नका लागि यस वर्ष पनि यो अवार्ड कार्यक्रम आयोजनालाई निरन्तरता दिने निर्णय गरेको पब्लिकेसन्स्ले जनाएको छ। निरन्तर भव्य र सभ्य अवार्ड आयोजना गर्न सकिए अवार्ड आयोजक समितिका निर्देशकसमेत रहनु भएका उहाँप्रति सच्चा श्रद्वाञ्जलि हुने विश्वास पब्लिकेसन्स्ले लिएको छ।
कामनाको प्रकाशन संस्था कामना न्यूज पब्लिकेसन्स्ले आईतबार प्रेस सामग्री जारी गर्दै पांचौ संस्करणको कामना फिल्म अवार्डस् २०७६ का लागि आवेदन खुला गरेको जनाएको छ। सिजी लक्स कामना फिल्म अवार्डस् २०७६ मा २०७५ साल वैशाख १ देखि चैत्र मसान्तसम्म सार्वजनिक सिनेमा हलमा प्रदर्शनमा आएका नेपाली सिनेमाले सहभागीता जनाउन सक्ने उल्लेख गरिएको छ।
आवेदन निःशुल्करुपमा भर्न पाइने ब्यबस्था गरिएको छ। यसका लागि कामनाको कार्यालयमा सम्पर्क राखी निःशुल्क आवेदन लिई वा www.newsofnepal.com को लिंक https://docs.google.com/forms/d/e/1FAIpQLSfbC6fUW3lQQxT0Fri7TGyNHvwwkuq5nIbN7b-EbEZSfv1BfA/viewform?vc=0&c=0&w=1 मा गएर विवरण भरी kamanaawards@gmail.com मा आवेदन पठाउन सकिने व्यबस्था गरिएको छ।
कामनाको आयोजना तथा सिजी इन्टरटेनमेन्टको प्रस्तुतिमा हुने सिजी लक्स कामना फिल्म अवार्डस्मा २०७३ सालबाट बहुर्राष्ट्रिय कम्पनी युनिलिभिर नेपालको उत्कृष्ट सौन्दर्य साबुन लक्सको समेत सहकार्य थपिएको छ। सम्मान चलचित्रको ः उत्सव उत्कृष्टताको भन्ने मान्यताबमोजिम नेपाली सिनेमा क्षेत्रको महाउत्सवका रुपमा हुँदै आएको अवार्ड समारोहमा सिनेमा क्षेत्रसँग सम्बन्धित विभिन्न संघ संस्था तथा विज्ञहरुसँगको बृहत छलफलपछि हरेक प्रतिस्पर्धी विधाका लागि तयार पारिएको मूल्यांकन मापदण्डका आधारमा निर्णायक मण्डलले २६ विधामा मूल्यांकन गर्नेछ। त्यसै गरी सिनेमा क्षेत्रमा पु¥याएको योगदानको आधारमा पर्दामा देखिने र पर्दापछाडि बसेर नेपाली चलचित्रको उन्नयनमा योगदान पु¥याउने एक÷एकजनलाई जनही १ लाख रुपियाँ नगदसहित कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड) अर्पण गरिँदै आएको छ। त्यसै गरी निर्णायक मण्डलको निर्णयका आधारमा प्रतियोगितामा रहेको एक फिल्म, कलाकार वा प्राविधिकलाई जुरी अवार्ड प्रदान गरिँदै आएको छ। संगीत, फेशन र नाट्य विधामा सिजी क्रिटिक्स अवार्ड पनि प्रदान गरिँदै आएको छ। कामना फिल्म अवार्डस् मात्र यस्तो अवार्ड हो, जसमा एउटै विधामा १ जनाभन्दा बढी विजय भए सो विधामा सामेल सिनेकर्मीलाई छुट्टाछुट्टै ट्रफी प्रदान गरिँदै आएको छ।
लक्सको सहभागीतासँगै एक नयाँ विधा लक्स स्टार अफ द इयरसमेत थपिएको छ। स्टार अफ द इयर थपिएसँगै अवार्ड समारोहमा ३२ विधामा अवार्ड प्रदान गरिँदै आएको छ। प्रतिस्पर्धामा रहेका सम्पूर्ण २६ विधामा प्रतिष्पर्धा गर्न अनिवार्य नभएकाले प्रतिस्पर्धामा सामेल हुनलायक लागेको विधामा मात्र कलाकार तथा प्राविधिकको नाम भर्न सकिने तथा १ भन्दा बढी गीत भएको खण्डमा समेत प्रतिस्पर्धा गर्न लायक लागेको गीतको गीतकार, संगीतकार, गायक, गायिका र नृत्य निर्देशकको नाम मात्र पनि आवेदनमा भर्न सकिने व्यस्वस्था गरिएको पब्लिकेसन्स्ले जनाएको छ।

Related Articles

Check Also
Close
Back to top button