CINEMANEWS

भदौमा नीरफूल

सिनेमा संसार संवाददाता
काठमाडौं
सिनेमा नीरफूलले रिलिज डेट तय गरेको छ। आगामी भदौ २७ गते सिनेमा मुलुकभर रिलिज हुने भएको छ। भुकम्पका कारण विछोडिएका एक परिवारको प्रेमकथामा आधारित सिनेमा संचारकर्मी फूलमान वलले निर्देशन गरेका हुन्। गणेश हिमाल मुनिको रुबी भ्याली र काठमाडौंमा छायांकन गरिएको सिनेमामा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतले अभिनय गरेका छन्। एक बर्ष अघि नै छायांकन सकिए पनि एनिमेसन र भिएफएक्सका कारण पोस्ट प्रोडक्शन लम्बिएको निर्देशक वलले जनाए।
सिनेमामा अभिनेत्री रेखा विशेष भुमिकामा छिन् भने रंगकर्मी शान्ति वाइबाको यो डेब्यु सिनेमा हो। दयाहाङको जोडीको रुपमा देखिन लागेकी वाइबा सेलो थिएटरकी संस्थापक हुन्। मेलिना राईको तिमीले बाटो फेर्यौ अरे गीतको किड भर्सन कभर सङ गाएर युट्युबमा चर्चा कमाएकी बाल गायिका जिग्मे छ्योइकी घिसिङ दयाहाङको छोरीको रुपमा सिनेमामा छिन्। सिनेमाको पटकथा निर्देशक वल र सचिन घिमिरेले लेखेका हुन् भने सचिन एशोसिएट निर्देशकको रुपमा पनि छन्। निर्देशक वलले २०७२ को महाभूकम्पको पृष्ठभुमिमा राज्य प्रणालीको भ्रष्टता पनि औंल्याउन खोजिएको बताए। ‘यसमा धादिङ रुबी भ्यालीको एउटा परिवारमार्फत कथा भन्ने कोसिस गरेको छु’, उनले भने, ‘यो ठाउ“को भूगोल, प्रकृति र संस्कृतिबारे अहिलेसम्म बाहिर आएको छैन। यस हिसाबले यो सिनेमाले रुबी भ्यालीलाई पनि चिनाउने छ।’ सिनेमाको निर्माणमा सहकार्यको मोडल अपनाइएको उनले जनाए। फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिल र अमेरिकास्थित ग्रीनतारा इन्टरटेनमेन्टको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरिरहेको सिनेमाको कार्यकारी निर्माता भने दुबईकी डोमा सोनाम हुन्। निर्माताको रुपमा कतारबाट माया केसी, बेलायतबाट दिपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, कोरियाबाट दिनेश लम्तरी मगर तथा नेपालबाट दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायत छन्। प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेलको संगीत रहेको सिनेमाको सम्पादन निमेष श्रेष्ठ र वितरक गोविन्द शामी र मनोज राठी रहेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button