CINEMANEWS

यात्राका लागि क्वीज कन्टेष्ट

सिनेमा संसार संवाददाता
काठमाडौं
सलिनमान बनिया स्टारर सिनेमा यात्रा ः अ म्युजिकल भ्लग आगामी शुक्रबारबाट रिलीजमा आउँदैछ। सिनेमाको रिलिज मिति नजिकिदै गर्दा निर्माण टिमले मकै एप्ससँगको सहकार्यमा क्वीज कन्टेस्ट आयोजना गरेको छ।
मकै एपसँगको सहकार्यमा आयोजना गरिएको प्रतियोगितामा एक प्रश्न सोधिएको छ, जसको सहि जवाफ दिनेमध्यबाट एक भाग्यशालीले १ लाख नगद पाउनेछन्। सिनेमामा मलिका महतले दृष्टीबिहीन युवती तस्प्याको भूमिका निर्वाह गरेकी छिन्। उनले आफ्नो आँखाको ज्योति कसरी गुमाउछिन्? यस प्रश्नको जवाफका लागि सहभागीले ट्रेलर हेरेर दिएको अप्सन मध्य एकमा टिक लगाउनु पर्नेछ। टिक लगाएपछि प्रतियोगीले आफ्नो नाम र नम्बरसँगै इमेल प्रयोग गरि सबमिट गर्नु पर्नेछ। यसमा विश्वभरका जो कोहीले पनि सहाभागिता जनाउन पाउनेछन्। सहभागिताको लागि जततउकस्ररmभचयmबपबष्ष्।अयmरथबतचब यस लिंकमा क्लिक गर्नु पर्ने हुन्छ।
नेपालबाट विजयी भए १ लाख नगद र विदेशबाट भए ९ सय युएस डलर प्रदान गरिने प्रस्तुतकर्ता चिजकुमार श्रेष्ठले बताए। यो प्रतियोगिता आउँदो आगामी २९ गते विहान ८ बजे बन्द गरिने छ भने आगामी वैशाख २० गते फेसबुक लाइभमार्फत विजेता घोषणा गरीनेछ। यस प्रतियोगितामा सहभागी हुनेले उल्लेखित सर्त तथा नियम पढ्नु पनि अति आवश्यक छ। सिनेमा तपस्याको भूमिकामा देखिएकी मलिकाको वरपर नै घुमेको छ। सिनेमामा डेब्यु सिनेमा ए मेरो हजुर २ मार्फत नै अएककिसिमको फ्यान फ्mलोअर्स बनाउन सफल सलिनमान बनिया, सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेशजंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मालगायतले अभिनय गरेका छन्।

Related Articles

Check Also
Close
Back to top button