MUSICNEWS

भिडियोमा आए निरज

सिनेमा संसार संवाददाता
काठमाडौं
अभिनेता निरज बराल लामो समयपछि दर्शकमाझ आएका छन्। गायिका सोना अमात्यको नया“ गीत डाली चरीको म्युजिक भिडियोमार्फत उनी फेरि दर्शकमाझ आएका हुन्।
सानै उमेरदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायिका सोना अमात्यले आफ्नै शास्त्रीय संगीतका गुरु शशिविक्रम थापाका शब्द तथा संगीतमा उक्त गीत गाएकी हुन्।
सुगम संगीतमा आधारित उक्त गीतको म्युजिक भिडियो पनि आकर्षक बनेको छ। भिडियोमा गायिका अमात्य स्वयंले अभिनेता निरज बरालस“ग अभिनय गरेकी छिन्।
सिनेमा बिजुली मेसिन निर्देशन गरेर चर्चामा आएका निर्देशक नविन अवालले उक्त भिडियोलाई निर्देशन गरेका हुन्।
गायिका अमात्यले यसअघि पनि आधा दर्जनभन्दा बढि गीतका म्युजिक भिडियो सार्वजनिक गरिसकेकी छिन्।

Related Articles

Back to top button