CINEMANEWS

बोबी २ बाँकी कथा बन्ने

सिनेमा संसार संवाददाता
काठमाडौं
गत वर्षको हिट सिनेमा बोब’को सिक्वेल निर्माण हुने भएको छ। बोबी सिक्वेल बोबी २ ः बाँकी कथाको शनिबार राजधानीमा एक कार्यक्रम आयोजना गरी सिनेमा निर्माणको घोषणा गरिएको हो। चाम्स इन्टरटेनमेन्ट र लण्डन सिने आईको व्यानरमा निर्माण हुने सिनेमालाई मिलन चाम्सले निर्देशन गर्दै छन्।
उमेश थापा र कविता गुरुङको रियिल स्टोरीमा निर्माण भएको बोबीले नेपाल र विदेशमा राम्रो व्यापार गरेको थियो। यसले नेपालमा पहिलो हप्ता कमजोर व्यापार गरे पनि दोस्रो हप्ताबाट सिनेमाले बक्सअफिसमा पिकअप लिएको थियो।
आगामी चैत दोस्रो साताबाट छायांकन सुरु हुने सिनेमा बोबी २ मा उमेशको संघर्ष र सफलताको कथामा केन्द्रित हुनेछ। यो सिनेमामा पनि रियल जोडी उमेश थापा र कविता गुरुङ, विजय लामा, एलियास थापा लगायतका कलाकारको मुख्य भुमिका रहने छ।
पहिलो भागमा अटाउन नसकिएको उमेश र कविताको कथा पनि देखाइने निर्देशक चाम्सले बताए। ‘परिवारको आर्थिक अवस्था कमजोर हुँदा उमेशले बाल्यकालमा गरेको संघर्ष र नर्वे पुगेपछि गरेको संघर्ष र सफलताको कथामा सिनेमा केन्द्रित हुनेछ।’ निर्देशक चाम्सले भने ‘पहिलो पार्टले दर्शकलाई इमोसनल बनाएको थियो भने बोबी २ ले दर्शकलाई संघर्ष गर्न प्रेरणा दिने।’ सिनेमाको घोषणा कार्यक्रममा उमेशले आफ्नो कथाले गरिब परिवारमा हुर्किएर संघर्ष गरिरहेका मानिसलाई इन्स्पायर्ड गर्न सकेको खण्डमा आफूले गरेको मेहनतलाई सफल भएको मान्ने बताए। यस्तै कार्यक्रममा छोरासहित उपस्थित कविताले भने उमेशको कथा पर्दामा हेर्न आफू पनि आतुर रहेको बताइन्। ‘उमेशले बाल्यकालमा आर्थिक अवस्था कमजोर भएका कारण विद्यालयको शुल्क बुझाउन नसकेर शिक्षकले बेन्चमाथि उभ्याएको कुरा सुनाउँदा म निकै भावुक हुन्छु। अब त्यो सबै कुरा पर्दामा आउँदैछ, म निकै उत्साहित छु’ कविताले भनिन्।
सञ्चारकर्मी नरेश भट्टराई र गिरिराज घिमिरेले संयूक्त रुपमा उमेशको संघर्ष र सफलताको कथालाई पटकथा तथा संवादमा ढालेका छन्। सिनेमाका ५० प्रतिशत छायांकन नर्वेमा हुनेछ भने बाँकी छायांकन पोखरा र काठमाडौंमा हुनेछ। बोबी २ मा सुदीप बरालको डिओपी र नवराज उप्रेतीको छायांकन रहने छ भने बनिष शाहले सम्पादन गर्नेछन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button