CINEMANEWS

च च हुई भन्दै सिल्की सिल्की बाल

सिनेमा संसार संवाददाता
काठमाडौं
राजधानीमा बिहीबार आयोजित एक कार्यक्रमबीच फिल्म च च हुईको पहिलो गीत सिल्की सिल्की बाल सार्वजनिक गरिएको छ। गीतमा राजनराज शिवाकोटी र मेलिना राईको स्वर रहेको छ भने यसलाई राजनले नै कम्पोज गरेका छन्।
गीतमा राजनसंगै अमृत घोले लामा र श्याम लामिछानेको शब्द रहेको छ। गीतमा आर्यन सिग्देल , मिरुना मगर र भोलाराज सापकोटा देखिएका छन्। फिल्ममा आर्यन र मिरुनाको जोडी दर्शकले देख्न पाउनेछन्। सार्वजानिक गीतलाई मुस्ताङ्गको छुसाङ्गमा छायाँकन गरिएको हो। गीतमा आर्यन र मिरुनाको केमेष्ट्री गज्जबकै देखिएको छ। झन्डै एक साता लगाएर छायाँकन गरिएको गीतको कोरियोग्राफी शिशिर खातीले गरेका हुन्। फिल्म रमकम अर्थात रोमान्टिक कमेडी जनरमा तयार भएको हो भने यसलाई एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका हुन्।
व्यवसायी घोले यसै फिल्ममार्फत निर्माणमा आउँदैछन्। यसमा आर्यन र मिरुनासँगै भोलाराज सापकोटा, माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ललगायतको पनि अभिनय । फिल्मलाई साम्तेन भुटियाले निर्देशन तथा सम्पादन गरेका छन् भने यसमा सुशन प्रजापतिको छायाँकन रहेको छ। फिल्मको पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका छन्। फिल्मका गीतमा राजनराज शिवाकोटी , सुरज शाही ठकुरी र रोशन थापाको संगीत छ। यसमा निमालामाको मेकअप , रेनिश फागोको कलर करेक्सन, श्री श्रेष्ठको द्वन्द, शिशिर खातीको कोरियोग्राफी र सुजिल कर्माचार्यको ब्याकग्राउण्ड स्कोर रहेको छ। फिल्म मङ्सिर ६ अर्थात् नोभेम्बर २२ मा रिलिज हुनेछ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button