NEWSSTAGE

पोखरामा कविता नाटक मजदुर मार्ग

सिनेमा संसार संवाददाता
पोखरा
पोखरामा गत एक दशकदेखि नाटक मन्चन गरिरहेको पोखरा थिएटरमा नाटक मजदुर मार्ग चलिरहेको छ । यस नाटकले विभिन्न किसिमका मजदुरहरुको सजीव चित्रण गरेको छ। देश पंचायतदेखि गणतन्त्रको अवस्थामा आइपुग्दा पनि मजदुरको व्यथा उस्तै छ भन्ने सन्दर्भलाई यस नाटकले सशक्त ढंगले उतारेको छ। नाटकले मजदुरको मार्ग कठिन छ भन्ने मुल भाव बोकेको छ भने दासप्रथा, हलिया प्रथा, बाल मजदुर, वैदेशिक मजदुर लगायतको दुखद अवस्थालाई मार्मिक रुपमा देखाएको छ । दृश्यले कुनै एक तामांङ एवं सीमान्तकृत गाउको कथा प्रस्तुत गरेको छ। रातो माटोको डाडामा घर, बौद्ध धर्मको लुङ्दार र झण्डा, खोला, पहाडको बाटो इत्यादिले दर्शकलाई काठमाडौं आसपासको तामांङ बस्तीमा पुराउछ। ठुलेको आपा महेन्द्र राजमार्ग बनाउदा बनाउदै मरेपछि उसले भोग्नु परेको कठिन मार्गलाई नाटकमा उतारिएको छ । राज स्याङ्तानको कबिता संग्रह ओ पेंङदोर्जे मा आधारित यस नाटकको परिकल्पना र निर्देशन नारायण न्यौपानेले गरेका हुन् . निर्देशक न्यौपाने, “राजु जी का कविताहरुमा कथा र इतिहासको मिठो समिश्रण देखिन्छ. अनि त्यस्तै गरि सास्कृतिक चेतना पनि . पहिलोपटक उनको कविता पढ्दा नै मैले पात्र, कथा र घटनाक्रम देखेको थिए“।नाटकमा धनकाजी श्रेष्ठ, सुसन पौडेल, सनिता थापा, कुमार तामांग, रोशनी रामदाम, रमेश तिमल्सिना, राजकुमारी गहतराज, रोहित पौडेल, आकास परियार, समिक्षा पौडेल र परिवर्तन को अभिनय रहेको छ । नाटकमा चारवटा यस्तो अवस्था आउ“छ जहा पात्रको प्रतिरुप पनि कुमार तामांङ, समिक्षा पौडेल र नारायण न्यौपानेले राजु स्याङ्तानको शक्तिशाली कविता बाचन गर्छन। मिलन श्रेष्ठको प्रकाश कोरियोक्राफीले सुन्दर र अर्थपूणर् रुपले मजदुरको यात्रा देखाउछ भने मान बहादुर दोङको गित लाइ विभिन्न अवस्थामा प्रयोग गरिएको पाइन्छ । पोखरा थिएटरका कार्यकारी निर्देशक परिवर्तनका अनुसार कवितालाई नाटक बनाइ मन्चन गर्ने अभ्यास यो तेस्रो पटक हो . यस अघि उपेन्द्र सुब्बाको खोलाको गीत मन्चन गरिएको थियो।पोखरा थिएटरका अनुसार मजदुर दिवस (बैसाख १९ गते) को अवसर पारि मन्चन गरिएको नाटक बैशाख २९ गतेसम्म मञ्चन हुनेछ ।

 

Related Articles

Check Also
Close
Back to top button