CINEMANEWS

मन पराइयो साइनो

सिनेमा संसार संवाददाता

चितवन

आगामी शुक्रबारबाट देशभर रिलीजमा आउन लागेको सिनेमा साइनोलाई चितवनका दर्शकले मन पराएका छन्। लक्की मिडिया हाउसले चितवनमा आयोजना गरेको विशेष शो मा दर्शकले साइनो रुचाएका हुन्। उनीहरुले साइनोलाई मौलिक कथावस्तुको अर्गानिक चलचित्रको संज्ञा दिए।

कार्यक्रममा वरिष्ठ कलाकार तथा सिनेकर्मी निर शाहको प्रमुख आतिथ्यतामा वरिष्ठ कलाकार रिद्धिचरण श्रेष्ठ, साइनोकी निर्मात्री तथा नेपाली सिनेमाकी प्रथम नायिका भुवन थापा चन्द, वरिष्ठ कलाकार बसुन्धारा भुषाल, प्रथम रंगिन सिनेमा कुमारीकी नायिका चैत्यदेवी सिंहलाई सम्मान पनि गरिएको थियो। विशेष शोमा साइनोका मुख्य कलाकारहरु नीता ढुंगाना, मिरुना मगर, राज कुमार, राजा राजेन्द्र पोखरेल लगायतका अन्य कलाकारहरु तथा निर्माता निर्देशकको पनि उपस्थिती थियो।

साइनो हेरेपछि वरिष्ठ चलचित्रकर्मी निर शाहले सिनेमा शुद्ध नेपालीपनको भएको प्रतिक्रिया दिए। उनले यस सिनेमाबाट सम्भावना बोकेको निर्देशक र नवनायक भित्रिएको बताए। वरिष्ठ कलाकार रिद्धिचरण श्रेष्ठले धेरैपछि मौलिक कथावस्तुको मुलधारको नेपाली सिनेमा हेरेको बताए। विशेष शोमा उपस्थित कलाकार तथा चितवनमा विशिष्ट व्यक्तिहरुले चलचित्र साइनो राम्रो बनेको बताउँदै सफलताको कामना गरे।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button