CINEMANEWS

दीपकले दिए सिनेमामा संगीत

सिनेमा संसार संवाददाता
काठमाडौं
पछिल्लो समय मन मगन बोलको गीतका कारण चर्चामा रहेका गायक दीपक बज्रचार्यले पहिलोपटक फिल्मका लागि संगीत दिएका छन्।
सिनेमा मारुनीका लागि जाम्न माया जाम बोलको गीत गायक बज्राचार्यको संगीत र स्वरमा कृपा डिजिटल स्टूडियोमा रेकर्ड गरिएको हो। पूनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माणाधिन सिनेमामा ३ गीत छन। जसमध्ये जाम्न माया जाम बोलको केही फरक गीत दीपक बज्रचार्यले तयार पारेका हुन्।
‘मैले धेरै पहिले सिनेमाको गीत गाएको थिएँ। तर, सिनेमामा काम गर्न पर्याप्त समय नपाइने, निर्माताले भनेअनुसार गीत बनाउनुपर्ने भएपछि मैले यततार्फ रुची देखाइनँ’ दीपकले भने। उनले, यसपटक निर्मात्री पूनम गौतमले आफूले भने अनुसार नै काम गर्ने वातावरण बनाएकोले सिनेमामा संगीत र स्वर दिएको स्पष्ट पारे। निर्मात्री गौतमले भनिन्–‘मैले दिपक बज्रचार्यजीले भनेकै जती समय दिएको थिएँ। उहाँले ६ महिना माग्नुभयो, मैले ६ महिनामा भनेजस्तो गीत चाहिन्छ भनेपछि उहाँ काम गर्न तयार हुनुभएको हो। अहिले फाइनल गीत सुन्दा खुशी लागेको छ ।’ गायक बज्रचार्यले सामान्य शब्दमा गीत तयार गर्दा दर्शकको मुखमा झुन्डिन्छ भन्ने आफूले वुझेको बताए ।
यो गीतमा रिक्की शाक्यको शब्द, फिरोज बज्रचार्यको मिक्सिङ र मोहित मुनालको एरेन्जमेन्ट रहेको छ। यो गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार पुष्पल खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहलाई फिचरिङ गरिने निर्मात्री गौतमले बताइन्।
फागूनको १८ गतेबाट छायांकन सुरु गर्न लागिएको सिनेमा आगामी बर्षको भदौ १३ गते रिलिज गर्ने पक्का गरिएको छ। सिनेमा नवल नेपालले निर्देशन गर्न लागेका हुन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button