CINEMANEWS

जय होको विदेश राईट्स सुटिङ अगावै विक्री

सिनेमा संसार संवाददाता
शोभित बस्नेतको प्रस्तुतिमा निर्माण हुने सिनेमा जय होको छायांकन अगावै विदेश राइट्स बिक्रि भएको छ। नमस्ते इन्टरटेनमेन्टले सिनेमाको विदेश राइट्स किनेको हो।
अब सिनेमा नेपाल बाहिर रिलिज गर्न चाहनेले नमस्ते इन्टरटेनमेन्टसँग विभिन्न देशमा रिलिज गर्न चाहनेले सम्पर्क गर्नु पर्नेछ। देव कार्की सञ्चालक रहेको यो कम्पनिले यसअघि हाल प्रदर्शनरत सिनेमा छक्का पञ्जा ४, दुई नम्बरी, कबड्डी कबड्डी कबड्डी, आमाका साथै आगामी चैत्र २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा प्रसाद २ को अष्ट्रेलिया राइट्स किनेको थियो।
टेक पौरखी राईको निर्देशन निर्माण हुने सिनेमामा अर्पण थापा, सलोन बस्नेत, केकि अधिकरी, निशा अधिकरी, माओत्से गुरुङ प्रेम पाण्डे, दिपा शक्या श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ तथा अथिती कलाकारमा रोहित रुम्बा लगायतको अभिनय रहनेछ।
सिनेमाको द्धन्द्व निर्देशनमा सम्राट बस्नेत, कोरियोग्राफीमा कबिराज गहतराज र रामजी लमिछाने, सम्पादनमा बनिश शाह, रहेका छ्न्। सिनेमा चैत्र ११ गतेदेखि सुटिङ फ्लोरमा गएको छ। सिनेमाको यतिबेला पोखराको विभिन्न स्थानमा छायांकन भइरहेको छ। सिनेमाको ९० प्रतिशत मुस्ताङ र १० प्रतिशत छायांकन पोखरामा गरिनेछ। सुरेश न्यौपानेको कथा लेखन रहेको सिनेमामा सौरभ लामाको छायांकन, शम्भुजित बास्कोटा र सागर आले मगरको संगीत छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button